पार्टीका उम्मेदवारलाई अन्तर्घात गर्ने तर ठूला कुरा गर्नेका पछि नलाग्नुस् : तीर्थ लामा

दर्पण दैनिक २५ चैत्र २०७९,१५:३७
post

काभ्रे । नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले प्रतिनिधी सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गर्ने तर ठूला कुरा गर्दै हिड्नेका कुरा विश्वास नगर्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । नेपाल तरुण दल काभ्रेका नवनिर्वाचित पदाधिकारीको पदस्थापना तथा नयाँ बर्ष २०८० को उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति तिर्थ लामाले यस्ताे निर्देशन दिएका हुन् । सभापति लामाले ३६५ दिनमा ३ सय ६४ दिन कांग्रेस हुने र निर्वाचनको एक दिन सुर्यलाई आफ्नो निर्वाचन चिन्ह देख्ने नेताहरुको बारेमा आफ्नो कुनै टिप्पणी नभएको तर्क गरे । 

‘शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रममा हामी तिता कुरा गर्न चाहदैनौं तर भ्रमपूर्ण, बेवकुफ, तथ्यहीन कुरा गरेका छन्, त्यसरी मान्छेलाई ढाट्न सकिन्छ तर देवता र आफ्नै मनलाई ढाट्न सकिदैन,’ उनले भने, ‘पार्टीका उम्मेदवार हराउने, ठूला कुरा गरेर हिड्ने नेताहरुको बारेमा कसैले पनि भ्रम नपाल्न पनि म अनुरोध गर्दछु ।’ 

सभापति लामाले बैशाख भित्र प्रतिनिधी सभा र प्रदेश सभाका ६ वटै कार्यसमिति र १३ वटै पालिकाका समितिलाई पुर्णता दिन तरुण दल काभ्रेलाई निर्देशन समेत दिएका छन् । पार्टी र तरुण दलका इतिहास, योगदानबारे अध्ययन गर्न सुझाव दिँदै उनले संगठन निर्माणमा जोड दिन निर्देशन समेत दिए । 

प्रदेश सभा २ (क) का सभापति हेम तामाङले एमाले उम्मेदवार गोकूलप्रसाद बास्कोटाको पैसा खाएर कांग्रेस उम्मेदवार शिवप्रसाद हुमागाईलाई हराउन भुमिका खेल्ने महेश खरेल र उनको टिमका कर्तुत विस्तारै पर्दाफास हुने बताए । 

 

कार्यक्रममा महासमिति सदस्य समेत रहेका नेपाली कांग्रेस भुम्लुका सभापति दावा लामाले महेश खरेलहरुले पार्टीका उम्मेदवार हराउन आफै लागेर अहिले चोखो बन्न खोजेको आरोप लगाए । ‘पार्टीका उम्मेदवार हराउन लाग्ने महेश खरेलहरु नै हुन्, हिजो उनकै आनन्द इभेन्टस्मा बोलाएर एमालेकी नेतृ भक्तकुमारी लामालाई राखेर सुन्दरमणि आचार्यलाई हराउनुपर्यो भनेर लाग्दा त्यसको प्रतिवाद गरेर निस्कने मान्छे म नै हुँ,’ उनले भने, ‘अहिले पनि प्रतिनिधी सभामा पार्टीका उम्मेदवार हराउन उनीहरु नै लागे, अहिले पानी माथिको ओभाने हुन अनेक आरोप लगाइरहेका छन् ।’ 

उनले कांग्रेसका आकर्षित भएका युवाहरुलाई महेश खरेलले अनेक उपनाम दिएर आरोपित गर्न खोजेको र आम युवा त्यसबारे जानकार भएको पनि उनले बताए ।कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका अग्रज नेता इन्द्रमणि अधिकारी, जिल्ला उपसभापति ठाकुरप्रसाद न्यौपाने, सचिव गुणराज मोक्तान, प्रतिनिधी सभा क्षेत्र नं १ का सभापति दिनेश लामा, नेता सुन्दरमणि आचार्य, सिवी लामा, तरुण दल काभ्रेका पूर्व सभापति रहेका कांग्रेस जिल्ला सदस्य राम जोशी, प्रदेश सभा १ (ख) का सभापति चन्द्रबहादुर लामा, १ (क) का सभापति राम योञ्जन, महासमिति सदस्य रोशन लामा, नेपाली कांग्रेस तेमाल गाउँपालिका सभापति ज्ञानबहादुर लामा, महाभारतका सभापति एवं गाउँपालिका उपाध्यक्ष सागर मोक्तान, नेपाल विद्यार्थी संघ काभ्रेका सभापति अञ्जनराज खतिवडा, नेपाल तरुण दल काभ्रेका सभापति सुजन लामा, सचिव सुरज तिमल्सिना लगायतले तरुण दलले संगठन विस्तार गरेर काभ्रे कांग्रेस बलियो बनाउन लाग्नुपर्ने तर्क गरे  । 

कार्यक्रममा तरुण दल काभ्रेको विभिन्न तहमा निर्वाचित पदाधिकारी र सदस्यको पदस्थापन गरिएको थियो । नेपाल तरुण दल काभ्रेका सभापति सुजन लामाले पार्टीको निर्देशन अनुसार सबै कार्यसमितिलाई पुर्णता दिएर संगठन निर्माणमा लाग्ने प्रतिवद्धता जनाए ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: