काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकाको कामको समीक्षा गर्ने बेला नभएको बताएका छन् । नेपाली कांग्रेस भक्तपुरले भक्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा जय नेपाल भक्तपुर स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै देउवाले सरकारले काम सुरु गरेको बल्ल १०० दिन पुगेकाले कामको समीक्षा वा आलोचना गर्ने बेला नभएको बताएका हुन् ।
यतिबेला कांग्रेस र एमालेको संयुक्त सरकार रहेको र केपी ओली प्रधानमन्त्री भएको उनले स्मरण गराए । ‘काम पनि राम्रो गर्नुभयो, सरकारमा भएको कारण मैले उहाँको तारिफ गरेको होइन कि, काम पनि राम्रो गर्नु भएको छ, त्यस कारण मलाई विश्वास छ, उहाँले यस्तै राम्रा कामहरू गर्दै जानु हुनेछ’, देउवाले भने ।
नेपाल ठूला दुई देशको बीचमा भएको बताउँदै देउवाले शक्ति सन्तुलनमा रहेर काम गर्नुपर्छ भन्ने कुरा ओलीले राम्रोसँग बुझेको बताए । त्यसलाई बुझेर ओलीले काम गर्ने उनले विश्वास व्यक्त गरे । प्रजातन्त्रमा आलोचना हुनु स्वाभाविक भएको बताउँदै देउवाले सोही प्रक्रिया अन्तर्गत नै विपक्षीले ओलीको आलोचना गरेका बताए। आलोचनाप्रति पनि गम्भीर भएर सकारले काम गर्ने देउवाको विश्वास छ ।
अहिले दुईटा पार्टीको सरकार भएको बताउँदै देउवाले यो सरकारलाई पुरा समय काम गर्ने गरी सफल बनाउन सबैले लाग्नु पर्ने बताए । समस्याविहीन ठाउँ नभएको बताउँदै देउवाले सरकार र पार्टीमा पनि समस्या आउने कुरा स्वाभाविक भएको स्पष्ट पारे । उनले त्यस्ता समस्यालाई समाधान गर्दै अघि बढ्नु पर्नेमा जोड दिए । ‘समस्या समाधानको लागि सबैको सहयोग हुने छ भन्ने विश्वास व्यक्त गर्दछु’, देउवाले भने ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google