एकीकृत समाजवादीनिकट विद्यार्थी संगठनमा नयाँ नेतृत्व

दर्पण दैनिक २६ माघ २०८१,११:३८
post

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा महेश श्रेष्ठ चयन भएका छन् । शुक्रबार अनेरास्ववियु केन्द्रीय कार्यालयको बैठकबाट अध्यक्षमा श्रेष्ठ र महासचिवमा राजन शर्मा चयन भएका छन् ।

यस अघि संगठनको अध्यक्ष रहेका आरती लामालाई पार्टीमा भुगोलको जिम्मेवारी दिएसँगै अध्यक्ष पद रिक्त भएको थियो । संगठनको उपाध्यक्षमा अशोक थापा, कल्याण दाहाल, मेघनाथ चापागाई, किशोर टण्डन, डम्बर सिंह, राजकिशोर यादव, दिनेश लो, मिलन राई, भुपेन्द्र शाह र नरेश न्यौपाने चयन भएका छन् ।

अध्यक्ष र महासचिव एक एक तथा १० उपाध्यक्षसहित १२ पदाधिकारी चयन भए पनि त्यसभित्र महिला र दलित भने एक जना पनि चयन नभएको पाइएको छ । संगठनले थप पदाधिकारी बिस्तार गर्दा चयन गरिने जनाएको छ । यद्यपी यस अघि भने संगठनको अध्यक्ष नै महिला थिईन् ।


संगठनका पूर्व अध्यक्ष सुदेश पराजुलीले सामाजिक सञ्चाल फेसबुकमार्फत विद्यार्थी आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउने विश्वास सहित हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । उनले अथक प्रयासबाट अनेरास्ववियूलाई पुर्णता दिने विद्यार्थी संगठनका ईन्चार्ज रामकुमारी झार्की, सह– ईन्चार्ज भिम राईलाई धन्यवाद पनि ज्ञापन गरेका छन् ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: