मैले सदनमा उभिएर जवाफ दिन पाउनुपर्छ : गृहमन्त्री लामिछाने

दर्पण दैनिक २० चैत्र २०८०,१६:०६
post

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूमाथि सदनमा उठेका विषयको जवाफ सदनमै उभिएर दिन पाउनुपर्ने बताएका छन् । मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सहकारीलगायतका विषयमा सदनमा उठेका प्रश्नको जवाफ सदनमा दिने अवसर पाउनुपर्ने बताएका हुन् ।


लोकतन्त्रमा प्रतिपक्षीले आफूलाई लागेका कुरा सदनमा उठाउन पाउनुपर्ने विषयलाई आफूले सम्मान गर्ने भन्दै उनले आफूले पनि सदनमा नै त्यसको जवाफ दिन पाउनुपर्ने बताए ।

लामिछानेले गृह मन्त्रालयको काम कारबाही, विपद् व्यवस्थापनको तयारी, भूकम्पपीडितको पुनर्वासलगायतका विषयमा समेत आफूले जवाफ दिन चाहिरहेको जिकिर गरे । जाहेरी दिँदैमा सदनमा सबै विषयमा छानबिन गर्न संसदीय समितिको आवश्यक नरहेको उनको स्पष्टोक्ति थियो ।

रास्वपा सभापति समेत रहेका लामिछानेले पार्टीका अन्य नेताहरूको पनि सहकारी प्रकरणमा नाम जोडिएको विषयमा प्रचारबाजी मात्रै भएको तर्क गरे । कसैमाथि प्रश्न उठ्दैमा आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।


 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९