रास्वपाले सातै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’ गर्ने, यी नेतालाई तोकियाे जिम्मेवारी

दर्पण दैनिक १४ माघ २०८१,२०:५९
post

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले ७ वटै प्रदेशमा ‘सर्वाङ्गीण संवाद’ गर्ने भएको छ । सामेबार बसेको सचिवालय बैठकले आगामी फागुन महिनामा त्यस्तो संवाद गर्ने भन्दै त्यसका लागि नेताहरु समेत तोकेको कार्यवहाक प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।

रास्वपाका केन्द्रीय सचिवालय सदस्य र पदाधिकारी र सांसदहरूलाई त्यसको जिम्मेवारी दिएको हो । सुदूरपश्चिम प्रदेशमा दीपक बोहरा र प्रतिभा रावल तोकिएका छन् भने कर्णाली प्रदेशमा लिमा अधिकारी, लुम्बिनीमा विपिनकुमार आचार्य र गण्डकीमा शिशिर खनाल तोकिएका छन् । 

त्यस्तै वागमतीमा सन्तोष परियार र बसुमाया तामाङ, मधेशमा विराजभक्त श्रेष्ठ र  मनिष झा रहेका छन् भने कोसी प्रदेशम सुमना श्रेष्ठ र रमेश प्रसाईं रहेका छन् । 


विज्ञप्ति

राष्ट्रिय स्वतन्त्र पार्टीको आज केन्द्रीय कार्यालयमा बसेको पार्टी सचिवालयको बैठकले देहायका निर्णयहरु गरेको छ ।


१. संसदमा दुई तिहाई बहुमत भएको सरकारको अक्षमता र निरीहता स्पष्टसँग प्रदर्शित हुँदा सम्पूर्ण व्यवस्थामाथि नै प्रश्न चिन्ह खडा हुने अवस्था निम्तनुमा वर्तमान गठबन्धनका दुई प्रमुख साझेदार दलहरुले नैतिक जिम्मेवारी लिन पर्ने निष्कर्ष रास्वपाको छ । विगत ६ महिनामा गठबन्धन निर्माणको घोषित उद्देश्य अनुरुप कुनै पनि नतिजा नदेखिएको पृष्ठभूमिमा संसदको आसन्न अधिवेशनको ३ हप्ताअघि हतारहतार हतास मनस्थितिमा काम देखाउन सरकारले पाँचवटा अध्यादेश ल्याएको प्रक्रिया र नियत खोटपूर्ण रहेको ठहर गर्दै, ति अध्यादेशका अन्तर्वस्तुगत सारमाथि रास्वपाका सांसदहरुले गुण-दोषका आधारमा खरो बहस गर्ने निर्णय भएको छ ।


२. बैठकले पार्टीका विषयगत विभाग संचालन नियमावली २०८१ को संशोधन प्रस्ताव, संगठन विभाग नियमावली २०८१ र निर्वाचन आयोगको नियमावली २०८१ पारित गरेको छ ।


३. देहायका केन्द्रीय सचिवालय सदस्य/पदाधिकारीहरुको नेतृत्वमा आगामी फागुन महिनामा सातै प्रदेशमा "सर्वाङ्गीण संवाद" गर्ने । संवाद कार्यक्रममा उपयुक्तता अनुसार केन्द्रीय नेता र सांसदहरुलाई  संवाद कार्यक्रममा समावेश गर्ने ।

सुदुरपश्चिम प्रदेश  - श्री दिपक बोहरा र श्री प्रतिभा रावल
कर्णाली प्रदेश     - श्री लिमा अधिकारी
लुम्बिनी प्रदेश     - श्री विपिन कुमार आचार्य 
गण्डकी प्रदेश      - श्री शिशिर खनाल   
वागमती प्रदेश    - श्री सन्तोष परियार र श्री बसुमाया तामाङ
मधेश प्रदेश       - श्री विराजभक्त श्रेष्ठ र श्री मनिष झा
कोशी प्रदेश      - श्री सुमना श्रेष्ठ र श्री रमेश प्रसाईं


४. प्रदेश समितिलाई प्रदेश तहमा ३ सदस्यीय कार्यदल बनाई सम्बन्धित प्रदेशभित्रका स्वतन्त्र जनप्रतिनिधिहरुलाई रास्वपामा आबद्ध गर्न गराउन सुझावसहितको प्रतिवदेन पार्टी महामन्त्रीलाई बुझाउन निर्देशन दिने ।

५. केन्द्रीय सदस्य श्री कामिनी चौधरीलाई केन्द्रीय संगठन विभाग सदस्यमा मनोनयन गर्ने ।

६. प्रदेश समितिमा रिक्त पदाधिकारी तथा सदस्य पदपूर्तिका लागि सो सम्बन्धी कार्यविधि बमोजिम गर्न गराउन केन्द्रीय संगठन विभागलाई सहजीकरणका लागि निर्देशन दिने ।

प्रतिभा रावल
प्रवक्ता (कार्यवाहक)

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: