काठमाडौं । सरकारले जेनजी आन्दोलनमा भएका घटनाबारे छानबिन गर्न न्यायिक समिति गठन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।
कानून मन्त्री ओमप्रकाश अर्यालका अनुसार जेनजीको आन्दोलनमा भएका घटनाको छानविन गर्न न्यायिक समिति गठन गर्ने निर्णय गरेको हो । उनका अनुसार पूर्वन्यायाधीशको अध्यक्षतामा हुनेछ ।
त्यस्तै, आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा गर्ने तथा उनीहरुका परिवारलाई राहत तथा क्षतिपूर्तिवाफत यस अघि उपलब्ध गराइदैँ आएको १० लाखममा थप ५ लाख थप गरेर १५ लाख उपलबध गराउने बैठकले निर्णय गरेको छ ।
सबै क्षति भएको निजी तथा सार्वजनिक संरचनाको पुर्ननिर्माण गर्न पुर्ननिर्माण कोष स्थापना गर्ने र उक्त कोषमा रकम जम्मा गर्नका लागि सबैलाई आव्हान गर्ने बैठकले निर्णय भएको छ । बैठकले जेनजी आन्दोलनमा ज्यान गुमाउने युवाको सम्झनामा जेनजी जागरण स्मारक पार्क निर्माण गर्ने योजना निर्माण गर्नका लागि शहरी विकास मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)



















































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google