रविलाई थप १५ दिन हिरासतमा राख्न अनुमति

दर्पण दैनिक ९ मंसिर २०८१,१७:२७
post

काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतले  १५ दिन म्याद थप गरेको छ ।  पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई अझैं १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो । 

यसअघि जिल्ला अदालत कास्कीले लामिछानेमाथि अनुसन्धान गर्न दिएको १३ दिनको म्याद सकिएपछि आज (आइतबार) बिहान उनलाई अदालत उपस्थित गराइएको थियो । सहकारीको रकम गोरखा मिडियाबाट ल्याइएको भन्दै प्रहरीले लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको थियो । लामिछानेविरुद्ध किर्तेसहित संगठित अपराधमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीलाई म्याद थप भएसँगै काठमाडौं ल्याउने तयारी छ ।

सहकारीको रकम अपचलन गरेको भन्दै  लामिछानेमाथि चितवनमा समेत उजुरी परेको छ । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्य  सहकारीको रकम अपचलन गरेको आरोपमा काठमाडौं जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ ।  सोही आरोपमा छविलाल जोशीलाई काठमाडौं  ल्याएर बयान लिइसकिएको छ ।


 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९