
काठमाडाैँ । स्थानीय तह उपनिर्वाचनकाे लागि नेपाली कांग्रेसले केन्द्रीय संयोजन समिति गठन गरेकाे छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम पार्टीका महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति गठन गरेका हुन् ।
यी हुन् समितिमा मनोनित भएका सदस्यहरू
१) सदस्य — सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’
२) सदस्य — सहमहामन्त्री भिष्मराज आङ्देम्बे
३) सदस्य — सहमहामन्त्री महेन्द्र यादव
४) सदस्य — सहमहामन्त्री जीवन परियार
५) सदस्य — प्रवक्ता डा. प्रकाशशरण महत
६) सदस्य — केन्द्रीय सदस्य पुष्पा भुसाल
७) सदस्य — केन्द्रीय सदस्य मीन विश्वकर्मा
८) सदस्य — केन्द्रीय सदस्य मधु आचार्य
९) सदस्य सचिव — प्रकाश शर्मा
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google