काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रहरीलाई प्रदेशको अधीनमा राख्ने कुरा उचित नभएको बताएका छन् । सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेशमा प्रहरी मात्रै नभएर संघीयता कार्यान्वयन गर्न कुनै समस्या नभएको भन्दै प्रहरीलाई प्रदेशको अधीनमा राख्ने कुरा उचित नभएको बताएका हुन् ।
'नेताहरूले प्रहरी मेरै अधीनमा हुनुपर्छ भन्नु गलत छ र यसले विकृति सिर्जना गर्छ,' ओलीले भने । ओलीले प्रहरी नेता र मन्त्रीको अधीनमा भन्दा पनि स्वतन्त्र रहनुपर्ने धारणा राखे । संघीयताको कार्यान्वयनमा ध्यान नदिँदा अहिले प्रश्न उठिरहेको बताए । त्यस्तै, उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई सहमतिबाटै अघि बढाउन छलफल भइरहेको उल्लेख गरे ।
अन्तर्राष्ट्रिय मूल्यमान्यता र सर्वोच्च अदालतको आदेशका साथै पीडितलाई न्याय हुने गरी शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउनुपर्ने उनले बताए ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google