कांग्रेसको प्रदेश समन्वय विभागमा १० जना थपिए

दर्पण दैनिक ९ माघ २०८१,१७:३९
post

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश समन्वय विभागका सदस्य थपेका छन् । केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली प्रमुख रहेको प्रदेश समन्वय विभागमा बुधबार १० जना सदस्य मनोनीत गरिएको छ ।

मनोनीत भएका सदस्यहरूमा कास्कीका कृष्णबहादुर के.सी. नवलपुरकी सुमीत्रा खनाल, चितवनका विजय भुसाल, नवलपरासीका राधेश्याम पाठक, सुनसरीका ब्रह्मप्रकाश रौनियार, धनुषाका मेघनाथ यादव, कैलालीका झनकराज तिमिल्सिना, कालिकोटका भीमबहादुर शाही, काभ्रेपलाञ्चोकका जीतबहादुर लामा र नवलपुरका सन्तोष कोइराला (परियार) छन् ।

कांग्रेसको विधान अनुसार विभागमा प्रमुख सहित बढीमा ५१ जना हुने व्यवस्था छ । पार्टीले हालका लागि विभागका सदस्यमा १० जना भन्दा बढी नहुने गरी मनोनित गर्ने व्यवस्था गरेको छ ।

कांग्रेसले ५६ विभागको प्रमुख तोकेको छ । विभाग प्रमुख तोकिए पनि कतिपयमा सदस्य भने थपिएको छैन ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९