सुर्खेत । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपालका कम्यूनिष्टहरु मिलेको हेर्न नचाहने विदेशी शक्तिका कारण माओवादीसँगको गठबन्धन भत्किएको बताएका छन् । एमालेको मिसन ग्रासरूट अभियान अन्तरगत मंगलबार सुर्खेतको गुभार्कोटमा आयोजित नगस्तरिय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सचिव भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल नेपालका कम्यूनिष्ठ मिलेको हेर्न नचाहाने विदेशी शक्तिको परेका कारण गठबन्धन भत्किएको बताएका हुन् ।
कम्यनिष्ट गठबन्धन भत्काएर प्रचण्ड प्रतिक्रियावादीको सेवक बनेको उनले आरोप लगाए । एमालेसहित बनेको गठबन्धन भत्काउन षडयन्त्र भएको भन्दै अध्यारो कोठाभित्र भएका षडयन्त्रहरु चाँडै खुल्ने उनकाे जिकिर छ ।
उनले एमालेले कुनै विदेशी शक्तिको नुन खाएर भक्तिभाव नगर्ने बताए ।नेपालको सार्वभौमसत्ता र अखण्डताको रक्षाको लागि नेकपा एमालेले जस्तोसुकै मूल्य चुकाउन तयार रहेको उनको जिकिर छ । उनले निर्वाचनदेखि नै एमाले बिरुद्ध घेराबन्दी गर्न खोजेपनि जनतामाझ लोकप्रिय पार्टीका रुपमा स्थापित भएको उल्लेख गरे ।
केन्द्रीय सदस्य धर्मराज रेग्मीले विगतमा एमाले सरकारमा जाँदा गर्व गर्न लायक काम गरेको भन्दै एमाले पार्टीको सदस्य भएकोमा गर्व गर्न उनले आग्रह गरे ।
समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्नका लागि आगामी निर्वाचनबाट एमालेलाई दुई तिहाईसहित सरकारमा पुर्याउन आवश्यक रहेको रेग्मीको भनाइ छ ।
जनताका मुद्धा बोक्ने एमाले मात्रै एकल पार्टी भएको भन्दै उनले काँग्रेस, माओवादी लगायत अरु दलहरु आफ्नै स्वार्थमा रुमलिएको जिकिर गरे । कार्यक्रममा पूर्व सासद धुव कुमार शाही, एमाले सुर्खेतका कार्यवहाक अध्यक्ष कूलमणि देवकोटा लगायतले मिसन ग्रासरूट अभियानले पार्टी जिवन्त बनाउने बताए ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






















































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google