प्रहरीले नागरिकको मुख थुन्न मिल्छ ? : विमला राई पौड्याल

दर्पण दैनिक ८ चैत्र २०७९,१४:४८
post

काठमाडौं । नेकपा एमालेकी सांसद डा. विमला राई पौड्यालले प्रहरीले बोल्न नदिएर मुख थुनेको विषयमा सरकारसँग जवाफ मागेकी छन् । मंगलबार प्रधानमन्त्री दाहाल सहभागी एक कार्यक्रममा केही युवाले नाराबाजी गर्दा प्रहरीले मुख थुनेर बोल्न नदिएको घटनामा बुधबारको राष्ट्रियसभा बैठकमा सांसद राईले सरकारलाई प्रश्न गरेकी हुन् । ती युवाहरूले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने माग गर्दा प्रहरीले मुख थुन्दै पक्राउ गरेको थियो ।

उनले युवाहरू बोल्न खोजेका बेलामा प्रहरीहरूले जबर्जस्ती मुख थुनेको र घाँटी न्याकिरहेको देखिएको भन्दै नागरिकले बोल्न पाउने अधिकारमाथि सरकारले ज्यादती गर्नुको कारण खोजिन् ।

‘हिजोदेखि सञ्चार जगत र सामाजिक सञ्जालमा केही युवाहरू बोल्न खोजेको र केही प्रहरीहरूले उनीहरूको जबर्जस्ती मुख थुनेको र घाँटी न्याकिरहेको देखिएको छ । लछारपछार पारिरहेको तस्बिर देखिरहेका छौं । यी युवाहरुले के बोल्न खोजेका थिए र प्रहरीले त्यस्तो ज्यादती गरेको हो ? संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न पाउने बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको छ । प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ कि मिल्दैन ?’, सांसद राईको प्रश्न थियो ।

त्यसरी मुख थुन्ने प्रहरीमाथि कारबाही भएको छ कि छैन ? भन्दै उनले गृहमन्त्रालयको ध्यानाकर्षणसमेत गराएकी छन् ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९