
चितवन । चितवनको भरतपुरमा पत्रकारसँग कुरा गर्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कनै पनि अनुसन्धानमा सरकारको हस्तक्षेप नभएको बताएका छन् । उनले तथ्य र प्रमाणका आधारमा दोषीलाई कारबाही प्रक्रिया अघि बढेको बताए ।
उनले कुनै पनि प्रकरणमा प्रहरीलाई कुनै दबाब नदिएको बताए । उनले भने, ‘प्रहरीलाई फलानालाई ल्याउनु फलानालाई नल्याउनु भनेका छैनौं । हामी त्यस्तो कुरा गर्दैनौं । निर्दोष फस्ने र दोषी उम्किने हुँदैन ।’
उनले भने अनुसन्धानका क्रममा ढिलोचाँडो हुनसक्ने भएपनि कसैले कोही मान्छे पक्राउ परोस् भन्ने चाहेर नभइ तथ्य प्रमाणका आधारमा समातिने बताए । उनले कुनै पनि प्रकरणमा अनुसन्धानको काम नरोकिएको बताएका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google