भाटभटेनी अध्यक्ष मीनबहादुर गुरूङले दिएकाे १० रोपनी १४ आना जग्गामा बन्दै एमालेको पार्टी कार्यालय

दर्पण दैनिक २५ आश्विन २०८१,१८:३५
post

काठमाडौं । नेकपा एमाले आफ्नै पार्टी कार्यालयमा सर्नेगरी नयाँ भवन निर्माणका लागि शुक्रबार शिलान्यास गरिएको छ । भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ र श्रीमती सावित्री गुरूङले नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि १० रोपनी १४ आना जग्गा प्रदान गरेका हुन् ।

उनले नै भवन निर्माण गरेर एमालेलाई हस्तान्तरण गर्ने जनाइएको छ । कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरस्थित एमाले कार्यालय बनाउन लागिएको हो । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भाटभटेनीका अध्यक्ष गुरूङले भवनको संयुक्तरूपमा शिलान्यास गरेका हुन् ।

एमालेका महासचिव शंकर पोखरेलले मीनबहादुर गुरुङ र सावित्री गुरुङले सो जग्गा दान गरेको बताए । गुरुङ दम्पतीले दिएको १० रोपनी १४ आना जग्गामा एमालेको अत्याधुनिक भवन बन्नेछ । 

एमालेको कार्यालय रहेको ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पटक पटक बाढीले क्षति गरेपछि कीर्तिपुरमा नयाँ भवन बनाउन लागिएको हो । भवन शिलान्यासपछि गुरुङले आफूले सबै पार्टीलाई सहयोग गरेको र एमालेलाई पनि सोहीअनुसार सहयोग गरेको बताए । उनले शिलान्यास गरिएको भवन एक वर्षभित्र बनाएर आउने घटस्थापनाका दिन एमालेलाई हस्तान्तरण गर्ने गुरुङले जानकारी दिए ।
 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: