काठमाडौं । विश्वभरीका युवाहरुको संगठन वान योङ्ग वर्ल्डले हरेक वर्ष गर्ने पोलिटिसियन अफ द इअर अवार्डको सर्टलिस्टमा नेपालकी सांसद सोविता गौतम पनि परेकी छिन्।
उक्त संस्थाले विश्वभरीका १५ युवा राजनीतिज्ञको सूची सार्वजनिक गरेको छ । राजनीतिक क्षेत्रमा उनीहरुको प्रभावलाई लिएर छनोट गरिएको बताइएको छ ।
१८ देखि १५ वर्षभित्रको उमेर समूहका युवा राजनीतिज्ञबाट १५ जनालाई सर्टलिस्ट गर्दै अन्तिममा ५ जनालाई अवार्ड दिने गरिएको छ ।
विज्ञहरुको समूहले ती १५ जना मनोनितहरुबाट ५ जना छान्ने बताइएको छ । सोविताले राजनीतिमा युवाहरुको संलग्नतालाई प्रशय दिँदै नीति निर्माताका रुपमा प्रतिनिधि सभामा खेलेको भूमिकालाई लिएर छनोट गरिएको आयोजकले जनाएको छ । आगामी जुलाइमा योङ वर्ल्ड समिट बेलाफास्ट, २०२३ मा विजेता घोषणा गरिनेछ ।