
काठमाडौं । नेपाली कांग्रेसले सोमबार (आज) राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने भएको छ । लोकतन्त्र प्राप्तिका लागि पटक-पटक आन्दोलनमा योगदान गरेका, बृहत् शान्ति सम्झौताका पक्षधर, विभिन्न राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थितिमा ४८ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउन लागिएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।
कार्यक्रम सोमबार दिउँसो १ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा हुने उनले बताए । कार्यक्रमका लागि नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेमकिपा लगायतका शीर्ष नेतालाई निम्तो दिइएको कांग्रेसले जनाएको छ ।
कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीलाई भने कार्यक्रममा निम्तो दिएको छैन । मापदण्डभित्र नपरेका पार्टी छुटेको हुन सक्ने उनले बताए ।कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप लिएर स्वदेश फर्केको दिनलाई काँग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरेको छ ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)






























































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google