काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जेनजीहरुको जायज मागलाई समयमै सम्बोधन गर्नुको सट्टा तत्कालीन सत्ताधारीहरूले देखाएको दम्भका कारण अहिलेको परिस्थिति आएको बताएका छन् । उनले आज एक वक्तव्य जारी गर्दै जेनजी आन्दोलनका मागहरूप्रति पार्टीको तर्फबाट आन्दोलनपूर्व नै समर्थन तथा ऐक्यबद्धता प्रकट गरेको स्मरण पनि गरेका छन् ।
उनले बुधबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘उक्त जायज मागहरूलाई समयमा सम्बोधन गर्नुको सट्टा तत्कालीन सत्ताधारीहरूले देखाएको दम्भ र अहंकारको कारण दर्जनौँ होनहार युवाहरूले शहादत प्राप्त गर्नुपर्यो भने हाम्रो मुलुकले अकल्पनीय तथा अपूरणीय क्षति व्यहोर्नुपर्यो । युवा पुस्ताको अगुवाइमा भएको उक्त आन्दोलन लोकतान्त्रिक गणतन्त्र प्राप्तिपछि पनि जनताको चाहना र भावना अनुरूप पारदर्शी तथा जनउत्तरदायी शासन प्रणाली कायम गर्न नसक्दा जनतामा उत्पन्न निराशा र आक्रोशको परिणाम हो भन्ने कुरालाई स्वीकार गर्नुपर्दछ ।’
उनले विज्ञप्तिमा यसका अतिरिक्त कतिपय नेता तथा जनताको जीवनशैलीका बीचको अन्तर, भ्रष्टाचार, कुशासन, बेरोजगारी, युवा पलायन तथा आर्थिक सामाजिक रूपान्तरणको मार्गमा हिँड्न नचाहने/नखोज्ने कार्यशैलीका कारण यो अवस्था उत्पन्न भएको कुरालाई समेत मनन गर्नुपर्ने उल्लेख गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘अहिले युवा पुस्ताको आन्दोलनले उठाएका एजेन्डाहरूको सम्बोधन गर्दै मुलुकलाई अग्रगामी बाटोमा अगाडि बढाउन अन्तरिम सरकार गठन भएको छ र निर्वाचनको मिति समेत घोषणा भएको छ । अतः विना कुनै पूर्वाग्रह इतिहासका कमजोरीहरूको वस्तुनिष्ठ समीक्षा गर्दै शान्ति, स्थिरता र विकास सहित भ्रष्टाचारको अन्त्य, सुशासन कायम र व्यापक रोजगारीको सिर्जना गरेर मुलुकलाई आर्थिक सामाजिक रूपान्तरण गर्ने एवम् युवा पुस्तालाई मुलुकमै बस्न लायक अवसर तथा वातावरण निर्माण गर्न सकेमा मात्र पछिल्लो जेनजी आन्दोलनमा शहादत प्राप्त गर्नेहरूप्रति साँचो श्रद्धाञ्जली हुनेछ ।’


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google