काठमाडाैं । मोहन वैद्य किरण नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) बीच एकता भएकाे छ।
शुक्रबार इच्छुक प्रतिष्ठान घट्टेकुलोमा एक कार्यक्रम गरी दुई नेताहरूले पार्टी एकता गरेका हुन्। उनीहरूले पत्रकार सम्मेलन गरी पार्टी एकताको घोषणा गरेका छन्। पार्टी एकीकरणका लागि दुवै पार्टीबाट ६-६ जना गरी १२ जनाको संयोजन समिति बनाइएको थियो ।
वैद्य समूहबाट नेत्रविक्रम चन्दलगायतका प्रभावशाली नेताहरू छुट्टिएर नेकपा गठन गरेका थिए । केही समय भूमिगत भएर हिंसात्मक गतिविधि मच्चाएको उक्त समूह सरकारसँगको शान्ति प्रक्रियामा आएपछि पुन:विभाजित भयो । बास्तोलाले नेत्रविक्रम चन्द विप्लव महासचिव रहेको नेपाल कम्युनिष्ट पार्टीबाट अलग भएर नेपाल कम्युनिष्ट पार्टी (बहुमत) गठन गरेका थिए।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google