सन्तोष दहाल, ललितपुर । आईतवारबाट काठमाडौँमा आयोजना हुने नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन( अनेरास्ववियु) को २४ औँ राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्ष पदमा ललितपुरकी भवानी बजगाइँले उम्मेदवारी घोषणा गरेकी छिन् । हाल अनेरास्ववियुको स्थायी कमिटी सदस्य तथा महिला विभाग प्रमुखको रुपमा काम गरिरहेकी भवानीले आसन्न महाधिवेशनबाट उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी हुन् ।
२०७० सालमा पाटन क्याम्पस कमिटिमा आबद्ध रही अनेरास्ववियुको राजनीतिमा प्रवेश गरेकी भवानीले हालसम्म जिल्ला कमिटिको सहसचिव, नेकपाकालमा संगठनको कार्यालय टीममा रहेर काम गर्नुका साथै नेकपा विघटनपश्चात् अनेरास्ववियुको केन्द्रिय कमिटी सदस्य, केन्द्रिय सचिवालय तथा स्थायी कमिटिको सदस्य रही महिला विभागको नेतृत्वमा रही काम गरिसकेकी छिन् । संगठन पङ्क्तिभित्र निडर र प्रखर वक्ताको रुपमा पहिचान बनाएकी भवानी हाल नेकपा एमालेको बाग्मती प्रदेश कमिटी सदस्यसमेत हुन् । संगठनमा दीर्घ अनुभव र निरन्तर सक्रियतामार्फत विद्यार्थी आन्दोलनमा सहयोग पुर्याउँदै आएको कारण आफ्नो अनुभवले संगठनलाई दृढ मार्गदर्शन प्रदान गर्न सक्ने बजगाइँको दावी छ ।
दूरदर्शी र व्यवहारिक नेतृत्व क्षमता रहेकि भवानीसँग संगठनको समसामयिक आवश्यकता र विद्यार्थीहरूको वास्तविक समस्या बुझ्ने स्पष्ट दृष्टिकोण रहेको र नेतृत्वले संगठनलाई यथार्थपरक र अग्रगामी बनाउने विश्वास गर्न सकिने उनीनिकट सहकर्मीहरु दावी गर्छन् । यस्तै सिद्धान्तप्रति प्रतिबद्ध रहँदै संगठनका मूल सिद्धान्तहरू — प्रगतिशील, देशभक्त र जनपक्षीय मूल्यहरूप्रति उनको को दृढ प्रतिबद्धता अनि व्यवहारमा लचिलोपन उनको विशेषता रहेको छ।
बजगाइँले आफू सबै वर्ग, क्षेत्र, जात र लिङ्गमा विविधता भएका सबै विद्यार्थीहरूको साझा प्रतिनिधि रहेको र सहभागिताको पक्षधर रहेको दावी गर्दै नयाँ पुस्ताका युवाहरूको भावना, आकांक्षा र आवाजलाई संगठनमा संस्थागत रूपमा स्थापित गर्न सक्षम रहेको दावी गर्छिन् ।
याे पनि : अनेरास्ववियु र महिला नेतृत्व - समावेशी लोकतन्त्रको जगमा राजनीतिक पुनर्संरचना


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google