नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले कांग्रेसबाट दिए राजीनामा

दर्पण दैनिक २८ फाल्गुन २०७९,१४:५८
post

काठमाडाैं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् । राष्ट्रपतिमा निर्वाचित भएको चार दिनपछि राष्ट्रपति पौडेलले आइतबार कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् । 

पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए । प्रतिस्पर्धी एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई पौडेलले दोब्बरभन्दा बढी मतले पराजित गरेका थिए । पौडेलले ३३ हजार आठ सय दुई र नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गरेका थिए ।

नवनिर्वाचित राष्ट्रपति पौडेलले भोलि (सोमबार) दिउँसो पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ । राष्ट्रपतिको कार्यालयमा हुने विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनेछन् ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: