राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरे र विष्णुदेवी पुडासैनीको उम्मेदवारी दर्ता

दर्पण दैनिक २७ चैत्र २०८०,१२:४६
post

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनका लागि विमला घिमिरे र विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गरेका छन् । मङ्गलवार संसद् भवन नयाँ बानेश्वरमा घिमिरे र पुडासैनीले उम्मेदवारी दर्ता गरेका हुन् ।

घिमिरे नेकपा एमालेकी सांसद हुन् भने पुडासैनी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गरेकी हुन् । 

घिमिरेको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा गोपीबहादुर सार्की रहेका छन् । 

त्यस्तै पुडासैनीको प्रस्तावकमा दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट रहेका छन् । मतदान भने चैत २८ गते हुनेछ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: