स्थानीय तहलाई वित्तीय समानीकरण अनुदानको रकम दिने सरकारकाे निर्णय

दर्पण दैनिक ११ असार २०८१,१२:२९
post

काठमाडौं । सरकारले आर्थिक वर्ष ०८०/८१ मा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी वित्तीय समानीकरण अनुदानको रकम प्रदान गर्ने भएको छ । 

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकबाट यस्तो निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

'अघिल्लो आर्थिक वर्षमा स्थानीय तहलाई दिने भनेर ८७ अर्ब ३५ करोड २९ लाख विनियोजन भएको थियो । त्यसमध्येको ९३ प्रतिशत हुने गरी रु १६ अर्ब ९९ करोड २२ लाख रुपैयाँ तत् स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय भएको छ,' उनले भनिन् ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: