काठमाडौं । नेकपा एमालेका युवा नेता रामप्रसाद रिजालले धोकाको राजनीतिलाई निरन्तरता दिने हो भने अब प्रचण्डलाई नेपाली कांग्रेस किन विश्वासको मत दिने ? भन्दै प्रश्न गरेका छन् । उनले प्रचण्डलाई बिश्वासको मत नदिंदा देउवा प्रधानमन्त्री हुन बन्द भएको ढोका पुरै खुल्ने बताएका छन् ।
उनले प्रचण्डलाई देउवाले विश्वासको मत नदिंदा अन्याय पनि नहुने तर्क गरे । उनले भने, ‘केही समय अगाडि प्रचण्ड प्रधानमन्त्री बन्नकै लागि देउवा त्यागेर ओलिसँग हात हल्लाउँदै वालकोट पुगेकै हुन् । अब देउवाले पनि आफू प्रधानमन्त्री हुन एमालेसँग मिल्दा हुन्छ । नेपाली राजनीतिमा ईमान, जमान र विश्वास देखिदैन । बेइमानी राजनीतिलाई राम्रोसँग हेरिरहेका देउवाले के गर्छन् हेर्दै जाऔ ।’