काठमाठौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नै पार्टीका सम्मानित नेता झलनाथ खनालले जथाभावी नबोलेर खुरुक्क राजीनामा दिएर पार्टी छाड्न चेतावनी दिएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले नेता नेपालले खनाललाई यस्तो चेतावनी दिएका हुन् ।
नेता खनालको ‘पार्टी फुटाएर गल्ती भयो’ पछिल्लो टिप्पणीलाई लक्षित गर्दै नेपालले खनाल ‘पार्टी निर्णय नमान्नेमा नम्बर वान’भएको दाबी गरे । नेपालले सार्वजनिक रूपमै जथाभबी नबोल्न भन्दै खुरुक्क राजीनामा दिएर पार्टी छाड्न पनि खनाललाई चेतावनी दिए । एमालेबाट एकीकृत समाजवादी फुटाएयता पहिलो पटक नेपालले खनालप्रति यस्तो कडा टिप्पणी गरेका हुन् ।
सम्माानीत नेता खनालले एउटा अन्तर्वार्तामा एमाले फुटाउनु गल्ती भएको बताएका थिए । त्यसको जवाफस्वरूप अध्यक्ष नेपालले खनालको उक्त टिप्पणी विश्वास गर्न लायकको नभएको बताए । उनले भने, ‘उहाँले त्यो भन्नुभएको हो भन्ने मलाई विश्वास लागेको छैन, अचेल त एआईको जमाना छ, नबोलेको कुरा पनि बोलेको जस्तो देखाइन्छ ।’
साथै उनले खनाल पार्टी निर्णयको उल्लंघन गर्ने नेताहरूको सूचीमा पहिलो स्थानमा रहेको दाबी गरे । ‘पार्टीमा बस्ने उहाँको अधिकार पनि छैन, ’अध्यक्ष नेपालले भने ।
खनालको भनाइपछि पार्टीभित्र तरंग ल्याउने प्रयास भएको भन्दै अध्यक्ष नेपालले यस्ता ‘अवज्ञा’ स्वीकार्य नहुने जिकिर गरे । ‘हाम्रो पार्टीको संस्थागत निर्णय अनुसार माओवादीसँग समाजवादी मोर्चाको निरन्तरता, विश्वासको आधारमा सहकार्य र सहमतिको विस्तार गर्ने हो, यसमा कोही एकजनाको असहमति चल्दैन,’उनले भने ।
अध्यक्ष नेपालले माओवादीसँग पार्टी एकीकरणको कुनै छलफल नभएको पनि स्पष्ट पारे । उनले भने, ‘हामी अहिले सहकार्यको मात्र कुरा गर्दै छौँ, हल्ला फैलाउने जस्तो गरेर भ्रम सिर्जना गर्नु ठीक होइन ।’ उनका अनुसार हालको प्राथमिकता मोर्चाको सुदृढीकरण र साझा कार्यदिशा तय गर्नु हो ।
उनले वर्तमान सत्ता गठबन्धनलाई पनि निशाना बनाए । ‘यो सरकार सबै हिसाबले असफल भएको छ,’अध्यक्ष नेपालले भने, ‘केपी ओलीको अहंकारले देश पीडित छ ।’ उनले प्रधानमन्त्री ओलीको रवैयाले मुलुकको राजनीतिक र प्रशासनिक स्थिति बिग्रिएको आरोप लगाए ।
आफूमाथि लागेको भ्रष्टाचारसम्बन्धी मुद्दालाई लिएर पनि उनले स्पष्टीकरण समेत दिएका छन् । उनले भने, ‘यो राजनीतिक प्रतिशोधको निहुँमा लगाइएको मुद्दा हो, ममाथि लागेको मुद्दा भ्रष्टाचारको हो भन्ने मान्दिन, सबै प्रक्रियागत निर्णयहरू मन्त्रालयदेखि क्याबिनेटसम्म सहमतिमा भएका छन्, कसैको फरक मत थिएन ।’
पतञ्जलि समूहसँग जोडिएको सार्वजनिक जग्गा विवादसम्बन्धी आरोपबारे उनले एक टुक्रा सार्वजनिक जग्गा पनि नदिएको दाबी गरे । ‘पतञ्जलिले किनेको जग्गा हदबन्दी भित्रै छ, कानुनले अनुमतिपूर्वक खरीद गर्न दिएको जग्गा हो, ’उनले भने ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google