
काठमाडौं । एकीकृत कर्मचारी संगठन नेपालको अध्यक्षमा सर्वसम्मतिका साथ यामबहादुर खत्री चयन भएका छन् । मंगलबार बसेको संगठनको केन्द्रीय कमिटी बैठकले खत्रीलाई अध्यक्ष बनाएको हो । नेकपा (एकीकृत समाजवादी) निकट संगठनको स्थापना मोहनकुमार घिमिरेको नेतृत्वमा भएको थियो ।
घिमिरे उपसचिवमा बढुवा भएपछि प्रथम अधिवेशनबाट गगनसिंह बिष्ट अध्यक्ष भएका थिए । बिष्ट उपसचिवमा बढुवा भएको पत्र बुझ्नुअघि नै मंगलबार खत्री अध्यक्ष भएका हुन् । खत्रीले संगठनका बरिष्ठ उपाध्यक्षका रुपमा काम गर्दैआएका थिए । उनी साविकमा नेपाल निजामती कर्मचारी संगठनका पनि उपाध्यक्ष हुन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google