दुई करोड रुपैयाँ मागेको अडियाे मेराे होइन : ढाका कुमार श्रेष्ठ

दर्पण दैनिक २७ चैत्र २०७९,०७:१३
post

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाका कुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागिएको अडियो आफ्नो नभएको दाबी गरेका छन् । उनले आफ्नो आवाज सम्पादन गरी नियोजित रुपमा षडयन्त्र गरिएकोसमेत भनेका छन् ।

ढाका कुमारको सचिवालयले विज्ञप्ति जारी गरी सो सम्बादमा बोलेका अभिव्यक्तिहरु श्रेष्ठको नभएको जिकीर गरेको हो ।

विज्ञप्तिमा लेखिएको छ, ‘सो आवाज सम्पादन (इडिट) गरी नियोजित रुपमा मा. डा. ढाका कुमार श्रेष्ठको राजनीतिक भविष्य लक्षित गरी गरिएको षडयन्त्र हो ।’

आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई दुई करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सांसद श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंसँग रकम मागेको अडियो कपुरबोट डटकमले सार्वजनिक गरेको थियो ।

तर श्रेष्ठको सचिवालयले भने सो अडियोमा भनेको जस्तो ढाका कुमारलाई मन्त्री बनाउने कुरा पार्टीमा नउठेको र यो योजनाबद्ध ढंगले श्रेष्ठको इज्जत, मान, मर्यादालाई गिराउने उद्देश्यले प्रेरित रहेको विज्ञप्तिमा उल्लेख छ । यो अडियो राख्ने मिडियाप्रति विद्युतीय ऐन २०६४ अनुसार कारबाहीको लागि प्रक्रियामा अगाडि बढ्नेसमेत श्रेष्ठको सचिवालयले जनाएको छ ।

सो अडियो सार्वजनिक भएपछि रास्वपाले ढाका कुमारलाई पार्टीबाट निलम्बन गर्दै त्यसबारे छानबिन थालेको जनाएको छ । छानबिन पूरा नभएसम्मका लागि श्रेष्ठलाई सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै काम नगर्न नगराउन रास्वपाले निर्देशन दिएको छ । साथै तीन दिनभित्र छानबिन प्रतिवेदन केन्द्रीय समितिमा पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिइएको छ ।

 

 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: