
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) महाधिवेशन आयोजक समिति संयोजक तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफूले लगातार चुनाव जित्दै आएको निर्वाचन क्षेत्र गोरखा–२ दिई चुनाव जिताएर निस्वार्थ सहयोग गरे पनि अहिले प्रचण्डले आफूविरुद्ध अशोभनीय हर्कत गरिरहेको बताएका छन् ।
प्रचण्डलाई गोरखा–२ दिएकोमा मतदाता आफूसँग असन्तुष्ट र गुनासो गरेको पनि संयोजक डा भट्टराईले बताए। भट्टराईले आफ्नै उक्त निर्णयमा मतदाता र पार्टीका नेताकार्यकर्तासँग क्षमा मागेका छन् । संयोजक डा भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘परन्तु निर्वाचनयता मुख्यतः प्रचण्डको सत्ता लिप्सा र दोधारे चरित्र झन् नाङ्गो रूपमा प्रदर्शित हुँदै गइरहेको, उल्टै मैले उनलाई निस्वार्थ गरेको सहयोगको बदलामा अनर्गल झुट र जालझेलका प्रपञ्च रचेर चरम अशोभनीय हर्कत गर्दै गइरहेको, देश र जनताका आकाङ्क्षामा गम्भीर कुठाराघात गरिरहेको, जनयुद्धमा लाखौं जनताका अतुलनीय त्याग र बलिदानलाई उनको सत्ता स्वार्थसँग साटेर सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता सम्बन्धी आयोगहरूका कामलाई टुङ्ग्याउनु सट्टा खेलबाड गरिरहेको लगायतका घटनाक्रमहरूले गोरखाली मतदाताहरूले व्यक्त गरेको असन्तुष्टि मसँग गरेको गुनासोलाई अन्यथा भन्न सकिने अवस्था रहेन ।’
कहिलेकाहीँ असल मनसायले गरेको कामको गलत परिणाम आउँछ र जनसेवामा समर्पित इमानदार मान्छेले त्यसलाई स्विकारेर सच्याउन हिचकिचाउन नहुने डा भट्टराईको भनाइ छ । मासिक गृह जिल्ला भ्रमण जाने बाबुरामले मतदाताको कुरा सुन्ने र सोहीअनुसार अगाडि बढ्ने गरिरहेका छन् । बाबुराम भन्छन्,‘अत्यधिक जनसमुदाय र पार्टीका साथीहरूले मैले गत आमनिर्वाचनमा गोरखा–२ बाट उम्मेदवार नबन्नु र प्रचण्डलाई छोडिदिनु गम्भीर गल्ती भएको बताउनु भएको छ। साथै समाजको विकासको स्तर, औसत जनचेतना र विद्यमान संसदीय राजनीतिका प्रमुख खेलाडीहरूको भ्रष्ट,अनैतिक र पाखण्डी चरित्रको ख्याल नगरी ‘गान्धीवादी’ आदर्श र त्यागको मार्ग अवलम्बन गर्नु मेरो कमजोरी रहेको भनेर खुला आलोचना गर्नुभएको छ ।’
देशमा ठुलो राजनीतिक क्रान्तिपछि राष्ट्रिय राजनीति पुनः सत्तादेखि सत्तासम्म र साम, दान, दण्ड,भेदको दुष्चक्रमा फस्दै गएको बताउँदै डा. भट्टराईले हिजोका क्रान्तिकारी नेताहरू मूल्यमान्यता र आदर्शबाट तीव्र गतिमा स्खलित हुँदै गइरहेको बताए । साथै ठुलो जनबलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्दै गइरहेको, जनताका सुशासन र समृद्धिका आकाङ्क्षामा गम्भीर तुषारापत भइरहेको सन्दर्भमा आफू सदन र सरकारमा नगई पार्टी र सडकका मञ्चबाट सफा र जनमुखी राजनीतिको पैरवी र सत्तासीनहरूलाई खबरदारी गरेको डा भट्टराईले बताए ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)






























































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google