प्रचण्ड सरकारले पूर्णता पाउँदै आज

दर्पण दैनिक १६ चैत्र २०७९,०८:२०
post

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आज पूर्णता पाउने सम्भावना छ । सत्ता गठबन्धनमा रहेका दलहरूबीच मन्त्रालय भागवण्डामा मोटामोटी सहमति जुटेपछि आज मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना रहेको छ ।

प्रधानमन्त्री दाहालले आजै साँझ नयाँ मन्त्रीहरूले शपथ खानेगरी मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । 

बुधबार बसेको बैठकले माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित पाँच, कांग्रेसलाई आठ, एकीकृत समाजवादी र जसपालाई दुई–दुई जनमत पार्टीलाई एक राज्यमन्त्रीसहित दुई, लोसपा, नागरिक उन्मुक्ति, आम जनता पार्टी र नेपाल समाजवादी पार्टीलाई एक–एक मन्त्रालय दिने सहमति गरेको थियो । 

सोही सहमतिअनुसार आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । सरकारमा सहभागि हुने मन्त्रीको नाम टुंगो लगाउन नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बिहान ११ बजे बस्दैछ । 

एकीकृत समाजवादीले हिजै मन्त्री बन्नेको नाम टुंगो लगाइसकेको छ । उसले उपाध्यक्ष बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वालालाई सरकारमा पठाउने निर्णय गरिसकेको छ । अरु दलहरूले आज मन्त्री बन्नेको नाम टुंगो लगाउने भएका छन् । 
 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९