काठमाडौं । राष्ट्रपति निर्वाचन र नयाँ बनेको गठबन्धनमा कसरी सहभागी हुने भन्ने विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले आज छलफल गर्दै छ ।
परिवर्तित सन्दर्भमा निर्णय लिन राप्रपाको कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त एवं आकस्मिक बैठक अहिले केही समयमा केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ ।
बैठकमा राष्ट्रपति निर्वाचन र नयाँ बनेको गठबन्धनमा सरकारमा कसरी सहभागी हुने विषयमा छलफल हुने राप्रपाले जनाएको छ ।