परराष्ट्रमन्त्री एनपी साउदले लिए शपथ

दर्पण दैनिक ३ बैशाख २०८०,१६:२७
post

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी (नारायणप्रसाद) साउदले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । आइतबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार नै उनलाई मन्त्रीमा नियुक्त गरेपछि राष्ट्रपति पौडेलबाट शपथ लिएका हुन् । कञ्चनपुर क्षेत्र नं. २ बाट निर्वाचित साउद पार्टीभित्र सभापति शेरबहादुर देउवा निकट नेताको रुपमा चिनिन्छन् ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: