कांग्रेस छिट्टै सरकारमा पुग्छ : प्रकाशरण महत

दर्पण दैनिक १९ माघ २०७९,०९:४७
post

काठमाडाैं । नेपाली कांग्रेसका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य डा. प्रकाशरण महतले नेपाली कांग्रेस छिट्टै सरकारमा पुग्ने बताएका छन् । नुवाकोटको तादी गाउँपालिकामा बुधबारदेखि सुरु भएको ‘अन्तर पालिकास्तरीय प्रथम तादी अध्यक्ष कप भलिबल प्रतियोगिता’को उद्घाटन गर्दै पूर्वमन्त्रीसमेत रहेका उनले जनताले कम रुचाएको दलले सत्ता सञ्चालन गर्दा जनपक्षीय काम हुन नसक्ने बताए ।

कांग्रेस सरकारमा पुगेपछि नुवाकोटसहित देशभर नै समृद्धि आउने उनले दाबी छ । ‘गठबन्धन गरेर एकआपसमा मत साटेर समृद्ध नेपाल निर्माणका लागि सहकार्य गर्‍यौँ । गठबन्धनको ठूलो दलको हैसियतले सरकारको नेतृत्वमा कांग्रेस नै पुग्नुपर्ने हो,’ प्रवक्ता डा. महतले भने, ‘ठूलो दल भएको कांग्रेस सत्ता बाहिर हुनु अस्थिरताका कारण स्वाभाविकरूपमा लिएका छौँ । स्थायी राजनीतिक परिवेशको निर्माण र राजनीतिक स्थिरताका लागि केही दिनमा नै कांग्रेस सरकारमा पुग्ने भएकाले निराश हुनुहुन्न ।’ 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९