काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंको आदेशपछि शर्मा रिहा भएका हुन् ।
शर्मालाई थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै प्रहरीले शुक्रबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गएको थियो ।
अदालतको आदेशपछि थुनामुक्त भएका सांसद शर्माले प्रधानमन्त्रीको आलोचना गरे । प्रधानमन्त्रीकै निर्देशनमा आफूलाई पक्राउ गरिएको उनले बताए ।
उनले पार्टीका नेताहरूलाई माओवादीसँगको गठबन्धनबारे पुनर्विचार गर्न समेत आग्रह गरेका छन् ।
सांसद शर्माले भने,‘यसरी नै गृहमन्त्रीले हाम्रो मान्छेहरूलाई एकपछि एक गरेर धुलो चटाउँदै जाने र हामीले गठबन्धन गर्ने हो भने हाम्रो पार्टी सकिने वाला छ ।’
शैक्षिक प्रमाणपत्र किर्तेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शर्मालाई बिहीबार पक्राउ गरेको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google