ढाकाकुमारले भने, 'समाचार सत्य हाेइन्, कानुनी प्रक्रियामा जान बाध्य हुनेछु'

दर्पण दैनिक १२ जेष्ठ २०८०,०९:२६
post

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले समानुपातिक सांसद बन्न आफूले पार्टीलाई ३ करोड रुपैयाँ बुझाएको भनी सार्वजनिक समाचार सत्य नभएको दाबी गरेका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्न पार्टीलाई बुझाउन भन्दै २ करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि पार्टी र संसद् दुवैबाट निलम्बित श्रेष्ठले समानुपातिक सांसद बनाउँदा पार्टीका उपसभापति डीपी अर्याल र प्रवक्ता डा. मुकुल ढकाललाई झन्डै ३ करोड रुपैयाँ बुझाएको स्वयं श्रेष्ठले बताएको भन्दै केही सञ्चारमाध्यमले समाचार लेखेका थिए । 


यसप्रति आपत्ति जनाउँदै आरोपित उपसभापति अर्याल र प्रवक्ता ढकालले वक्तव्य जारी गरी झुटो आरोप लगाइएकाले मानहानिको मुद्दा लगाउने चेतावनी दिएका थिए । त्यसपछि ढाकाकुमार श्रेष्ठले पनि बिहीबार विज्ञप्ति जारी गरी आफूले भन्दै नभनेको कुरा सञ्चारमाध्यमले लेखेको दाबी गर्दै खण्डन गरेका हुन् । 

‘आदरणीय दाजुभाइ, दिदीबहिनीहरूमा विशेषतः मिति २०८०/०२/१० गते केही अनलाइन मिडियाहरूले समानुपातिक सांसद बन्न तीन करोड रुपैयाँ पार्टीलाई बुझाएको भन्ने कपोलकल्पित तथा आधारहीन समाचार सम्प्रेषण गरेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त विषयमा म कुनै मिडियाहरूसँग नबोलेकोले र समाचार सम्प्रेषणको लागि अनुरोधसमेत नगरेको र मेरो नाम जोडी नैतिक समस्या पार्ने काम गरेकोमा दुःख व्यक्त गर्दछु। साथै निष्पक्ष र स्वतन्त्र पत्रकारितानको धर्मलाई निर्वाह गरी आधारहीन समाचारलाई सम्प्रेषण नगर्नसमेत सम्बन्धित मिडियाहरूको ध्यानाकर्षण गराउन चाहन्छु।’

त्यसरी झुटो समाचार अब थप मिडियाले सम्प्रेषण गरेका खण्डमा आफू स्वयं कानुनी प्रक्रियामा जान बाध्य हुने चेतावनीसमेत श्रेष्ठले दिएका छन् । 

उनले भनेका छन्, ‘अन्तमा स्वीकृत आधारबिना नै अन्य कुनै मिडियाहरूले यस्ता भ्रामक तथ्यहीन समाचार बनाएर व्यक्ति तथा पार्टीको चरित्र हत्या गर्ने समाचार सम्प्रेषण गरेको खण्डमा स्वयं आफैँ कानुनी प्रक्रियामा जान बाध्य हुनेछु ।’

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: