
काठमाडौँ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको लागि देशव्यापी उत्साह छाएको अवस्थामा उदयपुरमा पनि चुनावी माहोल तातेको छ । वर्तमान अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उदयपुरमा २ नाम उदयपुरको निर्वाचन क्षेत्र १ मा चित्रकुमार कार्की र २ मा सुर्य लामा चर्चामा रहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी उदयपुरका जिल्ला सभापति चित्रकुमार कार्की उदयपुरको संघीय निर्वाचन क्षेत्र १ मा उम्मेदवारी दर्ता भएको छ । कार्कीको उम्मेदवारी भए संगै पार्टी सदस्य तथा स्थानीय मतदातामा उत्साह छाएको छ । सभापति कार्कीको उम्मेदवारीले उदयपुरको क्षेत्र १ मा सकारात्मक संदेश दिएको स्थानीयले बताउन थालेका छन् ।
कार्कीले स्थानीय ठाउँका समस्या बुझेका र सधैंभरि जनताकै घरदैलोमा रहने गरेको छन् । जिल्लामा हुने दैनिक समस्या जनगुनासो मा सहभागी भएर जनतालाई न्याय दिन सहयोगीको भूमिका निर्वाह गरिरहेका हुन्छन् । कार्की १० वर्ष पत्रकारिता अनुभव समाजसेवा विभिन्न विधामा गिनिज वल्र्ड रेकर्ड समेत राखेका व्यक्ति हुन ।
कार्कीले सन २०११ मा शान्ति र संविधान युवाको अभियान भ्रष्टाचार मुक्त राष्ट्र निर्माण गरौँ , गाउँ चिनाओ केन्द्र सम्म देश चिनाओ विश्वसम्म भन्ने नारा सहित देशभरिका जिल्लामा अभियान चलाएका थिए ।
कार्की मेरा पिक हिमाल सफल आरोही समेत गरेका थिए । पार्टीको स्थापनाकालदेखि निरन्तर कोशी प्रदेश सदस्यमा निर्वाचित सदस्य हुदै जिल्ला संयोजकको भूमिकामा रहेर निरन्तर संगठन विस्तार गरेका साथै पार्टी भित्र र जनता माझ लोकप्रिय युवा नेताको छवि बनाएका व्यक्ति हुन ।
कार्की उदयपुर जिल्ला सभापतिको भूमिका निभाउदै जिल्लाभर संगठनलाई पुर्याउन सफल भएको छन् ।
संघीय निर्वाचन क्षेत्र २ का आकांक्षी उम्मेदवार जिल्ला सचिव युवा नेता सुर्य लामा रहेका छन् । लामा युवा नेताको छवि बनाएका र सामाजिक काममा सक्रिय व्यक्ति हुन् । लामाले उदयपुरको २ नम्बर क्षेत्रमा भ्रष्टाचार विरुद्धको अभियान चलाउदै आएका छन् । उदयपुर जिल्लामा ७५ वडा रहेका छन् भने ८ वटा पालिका रहेका छन् । संघीय निर्वाचन क्षेत्र १ मा ३५ वडा रहेका छन् भने संघीय निर्वाचन क्षेत्र २ मा ४० वडा रहेका छन् ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)















































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google