काठमाडाैं । सुन तस्करी छानबिन विवादमा दलहरूबीच सहमति जुटेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी बैठकमा सहमति जुटेको बैठकमा सहभागी एक सदस्यले बताए । ‘सहमति भएको छ,’ ती सदस्यले भने । बैठकले जाँचबुझ आयाेग बनाउने सहमति गरेकाे हाे ।
अब सदनको अवरोध पनि हट्ने भएको छ । १० साउनदेखि सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समितिको माग राख्दै प्रमुख प्रतिपक्षी दलले सदन अवरोध गर्दै आएको थियो । आज दिउँसाे ३ बजे संसद बैठक बस्दैछ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google