काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीमा व्यक्तिवादी अहंकार नहटेको दाबी गरेका छन् ।
सोमबार पार्टीको मधेश प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सो दाबी गरेका हुन् । उनले केपी ओलीमा सुध्रिने कुनै छाँट नदेखिएको दाबी गर्दै ओली सुध्रिएको दिन देशभर मिठाईं बाढ्ने बताएका छन् ।
'ओलीमा अहिले पनि अहंकारवादी चिन्तन भरिएको छ, सुध्रिने कुनै सम्भावना छैन,' पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले भने, 'ओली सुध्रिए भने म मिठाई बाँड्छु।'
एकीकृत समाजवादी स्थापना गर्दा आफूलाई छाडेर ओलीतिर लाग्नेहरूको अहिले बिजोग भएको नेपालको भनाइ थियो। 'उनीहरूको अहिले एमालेमा बेहाल भएको छ,' नेपालले भने।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google