
काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनको प्रारम्भिक परिणामले पार्टीसामु चुनौती खडा भएको देखिएको बताएका छन् । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकमा उनले उपनिर्वाचनअन्तर्गत तनहुँ क्षेत्र नम्बर–१ को प्रारम्भिक परिणामले पार्टी थप ‘क्रिटिकल’ अवस्थामा पुगेको बताएका हुन् ।
उनले पार्टीभित्र एकताको सन्देश दिनुपर्ने र चुनौतीको समीक्षा गर्दै अघि बढ्नुपर्ने बताएको बैठकमा सहभागी एक सांसदले जानकारी दिए ।
'बैठकको सुरुआतमै उहाँ (शेरबहादुर देउवा)ले धारणा राख्नुभयो । निर्वाचन नतिजाले उहाँ आत्तिएको देखियो । हामीमाथि चौतर्फी आक्रमण भयो भन्नुभयो,' ती सांसदले बाह्रखरीसित भने, 'उहाँ धेरै बोल्ने होइन, तर निर्वाचन नतिजाले चुनौती खडा भएको अवस्था छ, यसलाई गम्भीर रूपमा समीक्षा गर्नुपर्छ, पार्टी क्रिकिटल अवस्थामा पुग्यो, सबै साथीहरू मिलेर एकताबद्ध भएको सन्देश दिएर अघि बढ्नुपर्छ भन्ने धारणा राख्नुभयो ।'
ती सांसदका अनुसार देउवाले आउँदो बजेटमा जनमुखी र कांग्रेस ‘पपुलर’ बन्ने कार्यक्रम समावेश गरिने पनि बताएका थिए । बैठकमा सहभागी अरू सांसदले पनि उपनिर्वाचनको परिणामका विषयमा बोलेका थिए । उनीहरूले मन्त्री मोटाउने र जनता दुब्लाउने प्रवृत्ति हाबी भएकाले पार्टी कमजोर हुँदै गएको धारणा राखेका थिए ।


























































































1679298112.jpg)
































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)



















































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google