त्रिचन्द्र क्याम्पसमा चैत ९ गते स्ववियु चुनाव हुने

दर्पण दैनिक २ चैत्र २०७९,१५:३४
post

काठमाडौं । काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा चैत ९ गते स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) चुनाव हुने भएको छ ।

बिद्यार्थी भर्नालाई लिएर भएको विवादका कारण निर्वाचन तालिका प्रभावित भएको थियो । 

निर्वाचन अधिकृत राजेन्द्र गौतमले नयाँ चैत ९ गते चुनाव गर्ने गरी नयाँ कार्यतालिका सार्वजनिक गरेका छन् ।

जहाँ मतदाता नामावली चैत ३ गते प्रकाशन गर्ने उल्लेख छ । त्यसउपर दावी विरोधका लागि चैत ४ गतेको समय दिइएको छ । 

५ गते उम्मेदवारी दर्ता र ६ गते उम्मेदवारहरुउपर दावी विरोधका लागि समय दिइएको छ । ७ गते प्रचारप्रसारका लागि समय दिने तय भएको छ ।

७ गतेदेखि नै मौन अवधि सुरु हुनेछ । ९ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तय गरिएको छ ।

 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post