कम्युनिस्ट पार्टीको सरकार कतिपयलाई पचिरहेको छैन : माधव नेपाल

दर्पण दैनिक ९ बैशाख २०८०,१९:२१
post

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान कम्युनिस्ट सरकार कतिपयलाई नपचेको बताएका छन् । शनिबार ललितपुरमा आयोजित नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बनेको कम्युनिस्ट सरकार कतिपयलाई अपाच्य भएको टिप्पणी गरे ।

सरकारसँग सहमति भइसकेपछि पनि मिटरब्याजीपीडित आन्दोलनमा उत्रिरहेको भन्दै उनीहरूलाई परिचालन गरी षड्यन्त्र रचेको हुन सक्ने आशंका उनले व्यक्त गरे । उनले कम्युनिस्ट सरकारविरुद्ध षड्यन्त्र रच्ने काम भइरहेको भन्दै सजग रहनुपर्नेमा जोड दिए ।

“मैले आउँदै गर्दा मिटरब्याजीहरू सिंहदरबारअगाडि आएर धर्नामा बसेको देखेँ । सबै वार्ता सम्पन्न गरी सहमति भइसकेपछि पनि किन यस्तो भइरहेको छ, त्यसबारेमा सरकारले सोच्न जरुरी छ । हामीले किन बुझाउन सकेका छैनौँ ? छानबिन र दण्ड गर्ने कुरा भइसकेपछि पनि किन हामीले बुझाउन सकेका छैनौँ ?,” उनले भने, “यो अनेकखालको षड्यन्त्र पनि हुनसक्छ । कम्युनिस्ट पार्टीको सरकार कतिपयलाई पचिरहेको छैन । यसअर्थमा अनेकौँ खालका षड्यन्त्र हुन सक्दछन् । हामीले यी सबै कुराप्रति सजग भएर लाग्नुपर्छ ।” अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीहरू छरिएर रहनु राम्रो नभएको पनि बताए ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post