एमाले केन्द्रीय कमिटी बैठक : ओलीको प्रतिवेदनमाथि हरेक केन्द्रीय सदस्यलाई बेग्लाबेग्लै बोल्न दिइने

दर्पण दैनिक २१ पुष २०८१,१२:४२
post

काठमाडौं । प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं केन्द्रीय समिति बैठक ललितपुरको च्यासलस्थित कार्यालयमा सुरु भएको छ । १० महिनापछि बस्न लागेको यो बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दैछन् ।

एमाले केन्द्रीय कमिटी बैठक २०८० फागुनमा बसेयता बस्न सकेको थिएन । २०८१ असार ३० गते ओली प्रधानमन्त्री बनेयता यो पहिलो केन्द्रीय कमिटी बैठक हो । ओलीले सरकार बनेयताको अवधि र नेपाली कांग्रेससँगको सत्ता सहकार्यबारे पनि समीक्षात्मक प्रतिवेदन पेश गर्दै छन् ।

ओलीको प्रतिवेदनमाथि यस पटक हरेक केन्द्रीय सदस्यहरूलाई बेग्लाबेग्लै बोल्न दिइने भएको छ । बैठकका सहभागी हरेक सदस्यले ३ मिनेट बोल्न पाउने भएका छन् ।

ओलीको प्रतिवेदनमा गठबन्धन सरकार, सरकार बनेयताको ६ महिने उपलब्धि र आगामी दिनका कामबारे उल्लेख गरिएको प्रचार विभाग प्रमुख रहेका राजेन्द्र गौतमले बताए ।

ओलीको राजनीतिक प्रतिवेदनमा पार्टीको संगठनात्मक जीवनलाई बलियो बनाउन सञ्चालन गरिने तीन महिने अभियानबारे पनि उल्लेख गरिएको उनले बताए ।

‘पार्टीका अध्यक्षले समसामयिक राजनीतिको सन्दर्भमा, बहुआयमिक पक्षबारे प्रतिवेदन पेश गर्दै हुनु हुन्छ । विकसित राजनीतिक घटनाक्रम, सरकार गठन, सरकारका काम र भावी योजना, पार्टीको संगठनात्मक अवस्था, संगठन विभागको राष्ट्रिय कार्यशालाकाबा निष्कर्ष र तीन महिने संगठन अभियानमा केन्द्रित भएर राजनीतिक प्रतिवेदन प्रस्तुत हुने छ,’ गौतमले भनेका छन् ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: