पत्रकार सम्मेलन गरेर ढाकाकुमार श्रेष्ठले के भने ?

दर्पण दैनिक २९ चैत्र २०७९,१८:४८
post

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक गरिएको बताएका छन् । उनले उक्त अडियोमा सत्यता नरहेको र इडिटिङ गरेर बनाएको जिकिर गरे । बुधबार पत्रकार सम्मेलन गरेर उनले अडियो  सार्वजनिक गर्नु पनि सुनियोजित भएको दाबी गरे ।


पत्रकार सम्मेलनमा श्रेष्ठले के भने ? 

मसँग जोडिएको अडियो भाइरल भइरहेको छ । त्यसले गर्दा पार्टी र अहिलेको उपनिर्वाचन र म आफ्नै मान प्रतिष्ठालाई घात परेकाले क्षमाप्रार्थी छु ।

अडियो अहिले जसले जहाँ पनि बनाउन सकिन्छ, इडिटिङ गर्न सकिन्छ । मैले अहिले बोलेको स्वरलाई अर्को तरिकाले मोडेर, इडिटिङ गराएर बाहिर ल्याउन सकिन्छ । त्यो अडियो अथेन्टिक होइन, ह्वाट्सएपमा कुराकानी गरेको भनिएको छ, मेरो कुरा कहाँ कहाँबाट जोडेर मिडियामा आएको छ । यसप्रति म खेद प्रकट गर्न चाहन्छु ।

म हाम्रो पार्टीबाट निलिम्बत भएको छु, म पार्टीबाट बाहिर निस्क्सिकेको छु । पार्टीले मलाई अनुसन्धान गर्न सुरु गरेको निलम्बनको प्रक्रियालाई स्वागतयोग्य ठानेको छु । म हिजोबाट नै न्यायालय गइसकेको छु । तपाईंहरु निश्चिन्त हुनुहोला मेरा शुभचिन्तक महानुभावहरु म न्यायलय गएर मेरा सम्पूर्ण कुराहरु न्यायालयमा प्रष्ट पारेर क्लिनचिट लिएर तपाईहरुमाझ प्रेस मिट गर्नेछु, धैर्यधारण गर्नुहोला ।

मेरो कारणले पार्टीलाई उपनिर्वाचनमा अप्ठेरो परेको छ । त्यसका लागि क्षमाप्रार्थी छ । सम्पूर्ण आमाबुबा दाजुभाइले उपनिर्वाचनमा ३ क्षेत्रलाई प्रत्यक्ष रुपले…यो अडियोलाई ध्यानमा नराखीकन, यो अडियो केही पनि होइन, यो फसाइएको हो, सुनियोजित गरिएको हो, जनवरीमा भएको, जनवरी फेबु्रअरीमा भएको अडियो अहिले ल्याएर हाल्नु भनेको सुनियोजित किसिमले हाम्रो पार्टीलाई चारतिरबाट हान्न खोजिएको हो, पार्टीलाई तीनवटै निर्वाचनमा हराउने सुनियोजित योजना हो ।

सम्पूर्ण महानुभाव दाजुभाइ दिदीबहिनी पार्टीका शुभचिन्तक जसले पार्टीलाई राम्रो मान्नुभएको छ, उहाँहरुले भोट दिएर अत्यधिक बहुमतले हाम्रो ३ वटै क्षेत्रका लिडरहरुलाई जिताइदिनुहोला, अब क्लिनचिट पाएपछि हजुरहरुसँग यसरी नै भेट्नेछु धन्यवाद ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: