एकीकृत समाजवादी कर्णालीको अध्यक्षमा ठगेन्द्रप्रकाश पुरी

दर्पण दैनिक २८ कार्तिक २०८१,२१:४१
post

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश अध्यक्षमा ठगेन्द्रप्रकाश पुरी चयन भएका छन् । एकीकृत समाजवादीको कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनले पुरीलाई बुधवार सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

सोमबारदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा सुरु भएको एकीकृत समाजवादी कर्णाली प्रदेश अधिवेशनले १४१ सदस्यीय प्रदेश कमिटी समेत चयन गरेको छ ।

प्रदेश अध्यक्ष चुनिएका पुरी यसअघि राष्ट्रिय सभा सदस्य समेत भइसकेका थिए । २०३१ साल मंसिर २३ गते बाँफिकोट गाउँपालिका—५, रुकुम पश्चिममा जन्मिएका पुरीले २०४६ साल देखि तत्कालीन नेकपा माले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु एकताको पाँचौँबाट विद्यार्थी राजनीतिक थालेका थिए ।

एकीकृत समाजवादीको प्रदेश अधिवेशनबाट धिरबहादुर विष्ट सचिव र धनकुमारी जिसी उपसचिवमा निर्वाचित भएका छन् ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९