तत्काल नापी सुरु गर्न सरकारसँग विश्वप्रकाश शर्माको माग

दर्पण दैनिक १२ चैत्र २०७९,१५:३०
post

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले नापी नभएको स्थानमा तत्काल नापी सुरु गर्न सरकारसँग आग्रह गरेका छन् । 

प्रतिनिधिसभाको आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले नापी नभएको स्थानमा तत्काल नापी सुरु गर्न सरकारसँग आग्रह गरेका हुन् । 


शर्माले जनताले तिर्न नसक्ने कर घटाएर न्यून बनाउन र समायोजनसँगै लालपुर्जा वितरण अघि बढाउन पनि आग्रह गरे । अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या समाधान गर्ने अन्तिम मितिको सुविचारित घोषणा गनुपर्ने उनको माग थियो । 

शून्य समयमा भूमी विषय उठाउँदै विश्वप्रकाश शर्माले भने

सम्माननीय सभामुख महोदय,
‘जसमाया केरुङ्ग’
यो सम्मानित सदनमा मैले अहिले उच्चारण गरेको नाम, झापा बुद्ध शान्ति गापा, सट्टाभर्नाकी भुँई मान्छे ८० वर्षीया एक आदरणीय आमाको हो। उहाँ जहिल्यै सोध्नुहुन्छ– मैले स्वास फेरिरहेकोे यो एक टुक्रा जग्गाको लालपुर्जा मेरो हातमा कहिले पर्छ?

–भांगा गोला, 
–प्यारिभिट्टा,
–मेची डाँडा, 
–टिकापुर
–काली झोडा
–खम्बुटार 
–खरे डाँगी 
अनि देशको अनेकौं भेगका नागरिक सोधिरहेका छन्– नापी कहिले आउँछ ? लालपुर्जा कहिले पाइन्छ ?

बुद्ध शान्तिलगायत कतिपय ठाउँमा सरकारले लालपुर्जा वितरण सुरु पनि गर्यो तर गरीब जनताले चर्को कर तिर्न सक्दैनन् भन्ने हेक्का राखिएन । 

त्यसैले सम्माननिय सभामुख मार्फत् म सरकारलाई एकसाथ ४ आग्रह गर्दछु । 
एक–नापी नभएको ठाउँमा अविलम्ब नापी सुरु गरियोस् ।
दुई–जनताले तिर्न नसक्ने कर घटाएर न्यून बनाइयोस् ।
तीन–कर समायोजनसँगै लालपुर्जा वितरण अघि बढाइयोस् ।  
चार–अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या समाधान गर्ने अन्तिम मितिको सुविचारित घोषणा गरियोस् ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९