दाङ । राष्ट्रिय युवा संघले लुम्बिनी अध्यक्ष सुरज खरेललाई पदमुक्त गरेको छ । सामाजिक सञ्जालमार्फत एमालेको भावी अध्यक्ष विद्या भण्डारीलाई बनाउनुपर्ने मत राख्दै आएका खरेललाई असार २५ मा महासचिव महेश चौलागाईले स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरणमा अध्यक्ष खरेलमाथि पोखरामा भएको महाधिवेशनमा अध्यक्ष मण्डलका सदस्यलाई अभद्र व्यवहार गरेको आरोप लगाउँदै भौतिक रूपमा उपस्थित भएर स्पष्टीकरण दिन निर्देशन दिइएको थियो ।
खरेलले भने आफूमाथि पूर्वाग्रही तरीकाले स्पष्टिकरण सोधिएको भन्दै भौतिकरूपमा उपस्थित नभई लिखित स्पष्टिकरण दिएका थिए । उनले स्पष्टीकरणको जवाफमा आफूले कसैलाई अभद्र व्यवहार नगरेको दावी परेका थिए ।
उनको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै महासचिव चौलागाईले उनलाई एकवर्षका लागि पदमुक्त गरेको पत्र पठाएका छन् ।
उनले संगठनको बिधानको धारा ४१ तथा धारा ४२ (क) र (ख)को हवाला दिंदै संगठनका सबै जिम्मेवारीबाट पदमुक्तका साथै १ वर्षकालागि निलम्बन गरिएको उल्लेख गरेका छन् । निलम्बन पत्रमा साउन ९ गते पदाधिकारी बैठकले निलम्बन गरेको उल्लेख छ ।
निलम्बनमा परेका खरेलले भने महाचिव चौलागाईले गरेको निलम्बन अस्विकार गर्ने जनाएका छन् । संगठनमा फरक मत राखेकै कारण हुँदैनभएका आरोप लगाएर निलम्बन गरिनु खेदजनक भएको भन्दै निलम्बनले आफूलाई कुनै फरक नपर्ने बताए । संगठनका गतिविधिलाई निरन्तरता दिइने उनको भनाइ छ ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)









































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google