माओवादी केन्द्रकाे प्रवक्तामा अग्निप्रसाद सापकोटा

दर्पण दैनिक २४ श्रावण २०८०,०९:४४
post

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी प्रवक्ताको जिम्मेवारी अग्निप्रसाद सापकोटालाई दिएको छ । केन्द्रीय कमिटीले नेताहरूको कार्यविभाजन हेरफेर गर्दा प्रवक्ता फेरिएका हुन् । 

यसअघि प्रवक्तामा उपाध्यक्ष कृष्णबहादुर महरा थिए  । अहिले उपाध्यक्ष सापकोटाले पाएका हुन् । सापकोटा पूर्वसभामुख समेत हुन् ।

यसैबीच, उनले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकारसँग भेटघाट कार्यक्रम आयोजना गरेका छन् । 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: