शान्तिपूर्ण प्रदर्शनमा अत्यधिक बल प्रयोग गरेकाे र पत्रकारमाथि प्रहरीले हातपात गरेको भन्दै रास्वपाले जनायाे विराेध

दर्पण दैनिक २१ कार्तिक २०८१,१३:००
post

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले मंगलबार पोखरामा भएको 'शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग' गरेको भन्दै विरोध जनाएको छ । रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै 'शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग' गरेको भन्दै विराेध जनाएकाे हाे । 

'रत्न चोकहुँदै वाईचोकमा भएको प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्जसहित ६ सेल अश्रु ग्यास प्रहार गरेको थियो भने प्रदर्शनमा सहभागी १५ जनालाई गिरफ्तार गरियो,' रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्तिमा भनेका छन् ।

त्यस्तै, आन्दोलनका क्रममा समाचार संकलनका लागि गएका पत्रकारमाथि पनि प्रहरीले हातपात गरेको भन्दै रास्वपाले त्यसको विरोध गरेको छ । 'आन्दोलनको समाचार सङ्कलन गर्न गएका पत्रकार राजकुमार माझीलगायतलाई प्रहरीद्वारा गरिएको हातपात र सञ्चार सामग्री तोडफोडसमेत गरिएको कार्यको घोर विरोध गर्दछौँ,' रास्वपाले भनेको छ ।


रास्वपाले संसदीय छानबिन समितिले लामिछानेलाई सहकारीको बचत अपचलनमा संलग्न नरहेको भनेको पनि तर्क गरेको छ । 'संसदीय छानबिन समितिले अनुसन्धान गरी सहकारीको बचत अपचलनमा सभापति लामिछानेको संलग्नता नरहेको स्पष्ट पारे पनि सरकारले सहकारी ठगीसहित सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान अगाडि बढाएको छ,' रास्वपाले भनेको छ, 'हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आधार र कारण नभए पनि एकपछि अर्को म्याद थप्दै सभापति लामिछानेको हिरासत बसाई लम्ब्याउने प्रयास भइरहेका प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।'

यस्ताे छ, विज्ञप्ति

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राजनीतिक पूर्वाग्रह प्रेरित भई गरिएको पक्राउ विरुद्ध र सहकारी पीडितलाई न्यायको माग सहित कास्कीको पोखरामा हिजो भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अनावश्यक बल प्रयोग गरी बिथोल्ने प्रयत्न गरेकोप्रति घोर भर्त्सना गर्दछौं । रत्न चोक हुँदै वाईचोकमा भएको प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्जसहित ६ सेल अश्रुग्याँस प्रहार गरेको थियो भने प्रदर्शनमा सहभागी १५ जनालाई गिरफ्तार गरियो । 

संसदीय छानबिन समितिले अनुसन्धान गरी सहकारीको बचत अपचलनमा पार्टी सभापति लामिछानेको संलग्नता नरहेको स्पष्ट पारे पनि सरकारले सहकारी ठगीसहित सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान अगाडि बढाएको छ । हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आधार र कारण नभए पनि एकपछि अर्को म्याद थप्दै पार्टी सभापति लामिछानेको हिरासत बसाई लम्ब्याउने प्रतिशोधपूर्ण प्रयास भइरहेकाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । तसर्थ हिरासत बाहिर रहेर पनि अनुसन्धान गर्न सकिने कानुनी प्रबन्धको कार्यान्वयनका लागि पनि सम्बद्ध सबैको ध्यानाकर्षण गराउँछौं ।

साथै, आन्दोलनको समाचार सङ्कलन गर्न गएका पत्रकार राजकुमार माझी लगायतलाई प्रहरीद्वारा गरिएको हातपात र क्यामरा लगायतका सञ्चार सामग्री तोडफोडसमेत गरिएको कार्यको घोर निन्दा गर्दछौं । आज अपरान्ह ४ बजे मानवअधिकार चोक, पोखरा लगायत देशका विभिन्न जिल्लाहरूमा विरोध कार्यक्रम यथावत् रहनेछ । 
 
मनिष झा
प्रवक्ता (कार्यवाहक)

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९