आउँदो वर्ष गणतन्त्र दिवस नआओस् : रवीन्द्र मिश्र

दर्पण दैनिक १५ जेष्ठ २०८०,१२:५७
post

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आउँदो वर्ष गणतन्त्र दिवस नआओस् भन्ने कामना गरेका छन् । गणतन्त्र दिवसकै दिन आज (सोमबार) ट्विट गर्दै उनले अहिलेको पुस्ता सबैभन्दा राष्ट्रघाती पुस्ता बनेको भन्दै ‘कुसन संस्था’का रूपमा संवैधानिक राजसंस्था अत्यावश्यक भएको बताएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्रसँग सेल्फी खिचिरहेकी बालिकाको भिडियो सार्वजनिक गर्दै उनले ती बालिकाको पुस्ताका लागि बस्नयोग्य देश छोडेर जान पनि आह्वान गरेका छन् । ‘जसका लागि ‘कुसन संस्था’ का रूपमा संवैधानिक राजसंस्था अत्यावश्यक छ । अन्यथा आन्तरिक र भूराजनीतिक संकट आइपर्दा सबै पक्षले भर पर्न सक्ने विश्वासिलो संस्था कुनै हुने छैन,’ उनले भने, ‘इतिहासका गल्तीहरूमा सबैले सबैलाई क्षमा दिऔँ । राजा, राजनीतिक दल र जनता एउटा ‘नवीन समझदारी’ मा पुगौँ, अन्यथा यो देश र भावी पुस्तामाथि अक्षम्य अन्याय हुनेछ ।’

यस्ताे छ, मिश्रकाे ट्वीट


आउँदो वर्ष
गणतन्त्र दिवस नआवोस्!

संसदको भूमिका भाडमे जाओस्,
नियम-कानून भाडमे जाओस्,
न्यायालय भाडमे जाओस्,
पदीय जिम्मेवारी भाडमे जाओस्,
प्रहरी, प्रशासन, अख्तियार, विद्यालय, विश्वविद्यालय, समाज भाडमे जाओस्,
धर्म, संस्कृति, सभ्यता भाडमे जाओस्,
युवाहरूको भविष्य भाडमे जाओस्,
गरिवको जीवन भाडमे जाओस्, 
देशको अस्मिता भाडमे जाओस्,
मेरो र आफन्तको कल्याण होस्,
गणतन्त्र अमर रहोस्!
होइन त?

'हो' भन्नुहुन्छ भने त्यसको दुखद र दिर्घकालीन परिणाम हाम्रो पुस्ताले भन्दा पनि, यो भिडियोमा देखिएकी वालिकाको पुस्ताले भोग्नु पर्नेछ।

हामी त नेपालको इतिहासमैँ (असल नागरिकहरूलाई छोडेर) समग्रमा भन्नुपर्दा सबैभन्दा फटाह, सबैभन्दा भ्रष्ट, सबैभन्दा आडम्बरी, सबैभन्दा राष्ट्रघाती पुस्ता बनिसक्यौँ। कमसेकम यी वालिकाको पुस्तामाथि अपराध नगरौँ।

उनको पुस्ताका लागि बस्न योग्य देश छोडेर जाऊँ, जसका लागि "कुशन संस्था"का रूपमा संवैधानिक राजसंस्था अत्यावश्यक छ। अन्यथा, आन्तरिक र भूराजनीतिक संकट आईपर्दा सबै पक्षले भर पर्न सक्ने विश्वासीलो संस्था कुनै हुने छैन।

इतिहासका गल्तीहरूमा सबैले सबैलाई क्षमा दिऊँ। राजा, राजनीतिक दल र जनता एउटा "नवीन समझदारी"मा पुगौँ, अन्यथा यो देश र भावी पुस्तामाथि अक्षम्य अन्याय हुनेछ।

आउँदो वर्ष गणतन्त्र दिवस नआवोस्!
 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: