काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताबाहिर बस्नु पर्दा नेपाली कांग्रेस पानीबाहिरको माछाजस्तो छटपटाएको बताएका छन् । चुनावी नतिजापछि आफ्नो पार्टी प्रतिपक्षमा बस्ने मनस्थितिमा रहे पनि संवैधानिक संकट आउन नदिन नयाँ समीकरण बनाउन तयार रहेको उनले बताए । आइतबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा ओलीले नियतिले प्रतिपक्षमा पुगे पनि कांग्रेसले त्यो कुरालाई आत्मसात गर्न नसकेको टिप्पणी गरेका हुन् ।
‘प्रतिनिधि सभा र प्रतिनिधि सभा निर्वाचनमा स्पष्ट नआएपछि हामी जसरी पनि सरकार बनाउने सत्तालिप्सामा थिएनौँ, प्रतिपक्षमा बस्न तयार थियौँ । कांग्रेसमा सरकार गठनको व्यग्रता थियो । अनिश्चय बढ्दै गएको अवस्थामा राजनीतिक निकाश दिन एमालेले सरकार गठनको पहल लिनु पर्ने अवस्था आयो’, ओलीले भने, ‘प्रतिपक्षमा पुगे पनि कांग्रेसले प्रतिपक्षी अस्तित्व स्वीकार गरेको छैन, कांग्रेस पानीबाहिरको माछाजस्तो छटपटाएको छ, सत्तामा विग्रह ल्याउने र अल्पकालीन लाभका लागि खप्पिस छ । म मेरा मित्र प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, उहाँलाई आग्रह गर्न चाहन्छु, बृहत्तर राष्टिय हितमा काम गरौँ । कोही पनि जालान्धर नबनौँ। स्वास्थानीको बेला छ । राष्टलाई अस्थिरतातर्फ धकेल्नेतर्फ नलागौँ ।’
'आफूबाहेक अरूको नेतृत्व स्वीस्कार्नै नसकेर, सरकारलाई हठात् विश्वासको मत दियो । सरकारमाथि विश्वास मागेको मान्न सकिँदैन । ढोक्सा थापेको हो भने गल्ती हो,' ओलीले भने, 'ढोक्सा बेलुका थापिन्छ, अँध्यारामो माछा मार्न खोजिन्छ, बिहान भएपछि रित्तो डोको बोको घर फर्क्यो । सरकार माथिको विश्वास होइन सभामुख र उपसभामुख निर्वाचनमा खिचलो खडा गर्ने दुराशय देखिन्छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google