सहकारी ठगीमा रवि लामिछानेको संलग्नता देखिएन : लेखनाथ दाहाल

दर्पण दैनिक ५ आश्विन २०८१,१८:२३
post

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले सहकारी ठगी प्रकरणमा रवि लामिछानेको संलग्नता पुष्टि नभएको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले समसामयिक विषयमा आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले रवि लामिछाने कुनै पनि सहकारीको ऋणी, सदस्य, व्यवस्थापक वा सञ्चालक नदेखिएको बताएका हुन् । 

गोर्खा मिडियामा जिबी राईमार्फत सहकारीको पैसा आएको पुष्टि भएको उनले बताए । नेता दाहालले सहकारी ठगीको विषयमा रवि लामिछानेको विषय सबैभन्दा चासोको रुपमा हेरिएको स्मरण गराउँदै नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारी ठगको रुपमा स्थापित नभएको खण्डमा राजनीतिबाट सन्यास लिने घोषणा गरेको समेत स्मरण गराए । 

‘हाम्रो अध्यायन, तथ्य र प्रमाणले उहाँलाई सहकारी ठगी प्रकरणमा हामीले संलग्नता देख्दैनौं । सञ्चालक, व्यवस्थापक, कुनै सदस्य भेटिएन । सहकारीबाट ऋण लिएको देखिँदैन,’– उनले भने । 

सहकारीबाट गैरकानुनी रुपमा गोर्खा मिडिया नेटवर्कमा ६५ करोड पुगेको र त्यो रकम खर्च गर्ने कार्यमा भने लामिछानेको संलग्नता पुष्टि भएको उनले बताए । त्यहाँ भएको पुँजी परिचालनमा लामिछानेको संलग्नता देखिएको उनले बताए । 

नेता दाहालका अनुसार लामिछानेले बयानका क्रममा पुँजी परिचानलमा आफ्नो संलग्नता नरहेको बताएका थिए । तर, समितिले प्रमाण र तथ्यका आधारमा पुँजी परिचालनमा उनको संलग्नता पुष्टि गरेको उनले बताए । 

‘सहकारी ठगीमा उहाँको संलग्नता नदेखिएपनि गैरकानुनी पुँजी परिचालनमा उहाँको संलग्नता देखिइसकेपछि उहाँलाई पनि कानुनको दायरामा ल्याउनुपर्छ, कारबाही गर्नुपर्छ भनेर हामीले सिफारिस गरेका छौं । त्यहाँ काहीँ आग्रह पूर्वाग्रह छैन । अब कानुनी हिसाबले अब थप अनुसन्धान गर्नुपर्ने भयो,’– उनले भने । 

सहकारी छानविन प्रक्रियामा ४० वटा सहकारीको वित्तीय विश्लेषण गरिएको उनले बताए ।  जसमा एक अर्बभन्दा कम हिनामिना भएको कुनै सहकारी नै नभेटिएको नेता दाहालको भनाइ छ । एकै सहकारीबाट ३२ अर्बसम्म हिनामिना भएको पाइएको उनले बताए । सहकारीबाट जिबी राईले ८ अर्ब र भरत महर्जनले १४ अर्ब ठगी गरेको उनले बताए । ठगी भएको रकम  बेलायत लगायतका देशमा पुगेको पनि उनले बताए । 

विगतका दुई महिनामा गैरकानुनी राजनीतिक नियुक्ति, सरुवा बढुवा भइरहेको र अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने काम भइरहेको बताए । केपी ओलीको पुरानो व्यवहार पुनः दोहोरिने खतरा रहेको उनले बताए । 

सरकारमा रहँदा सुशासन, समृद्धि र समाजिक न्यायको केन्द्रीय कार्यभार पूरा गर्न संकल्पका साथ काम गरेको बताउँदै उनले प्रतिपक्षमा पनि त्यही भूमिकामा रहेर काम गर्ने बताए । 

सहकारी ठगी सम्बन्धी छानविन गर्न बनेको संसदीय समितिले प्रतिवेदन तयार गर्ने क्रममा निश्पक्षता र तटस्थता कायम राख्ने प्रतिवद्धता गरेको र त्यहीअनुसार काम भएको उनले बताए ।  नेता दाहालले समितिले सरकारलाई सहकारीका सन्दर्भमा प्रष्टसँग सुझाव र निर्देशन दिएको पनि बताए । समितिले सहकारी ठगका चल अचल सम्पत्ति जफत गरेर पीडितहरुलाई न्याय दिन सरकारलाई निर्देशन दिएको पनि उनले बताए । 

साथै, सहकारी ठगी छानविन गर्ने क्रममा सरकारले समितिलाई असहयोग गरेको पनि उनले बताए । बेलायत, मलेसियामा भएका सहकारी ठगलाई ल्याउन नसकेपनि भारतमा लुकेर बसेका केही सहकारी ठगलाई ल्याइदिनुस् भनेर समितिले अनुरोध गर्दा सरकारले बेवास्ता गरेको उनको आरोप छ । भ्रष्टाचारीहरुको विरुद्धमा कारबाही प्रक्रिया प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै स्थगित भएको उनले बताए । सरकारलाई समितिले घर नम्बर र लोकेनसमेत दिँदा पनि सहकारी ठगहरु पक्रेर ल्याउन सरकराले सहयोग नगरेको उनको गुनासो छ । ‘हामीले प्रधानमन्त्रीज्यूलाई समितिमै बोलाएर भन्यौं । किन भएन ? गुनासो पोख्यौं । किन सरकार र गृहमन्त्रालय अनइच्छुक छ ? घर नम्बर र लोकेनसमेत दिँदा पनि सरकार त्यहाँ किन पुग्दैन ?’ उनले भने । 

नेता दाहालले सहकारी ठगीमा कारबाहीको सिफारिस गरिएका सबै पात्रहरु कांग्रेस–एमालेका नेताहरु रहेकाले कारबाही हुनेमा आशंका व्यक्त गरे । ‘आफ्नै कार्यकर्तालाई हत्कडी लगाउन गठबन्धन सरकार तयार हुन्छ कि हुँदैन ? केपी ओली तयार हुनुहुन्छ कि हुनुहुँदैन ? शंका छ,’– उनले भने ।  साथै, फरक प्रसंगमा उनले सरकार मातहतका संरचनाहरु अनुशासित ढंगले परिचालन गर्न नसक्दा बेथिति, अराजकता र भ्रष्टाचार बढिरहेको बताए । 

भ्रष्टाचारको मुहान बन्द गर्न भ्रष्टाचार विरोधी अभियान नै सञ्चालन गर्नुपर्ने उनले बताए । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको १९ महिने सरकारले भ्रष्टाचार मुद्दामा उच्च पदस्थहरुलाई पनि पक्राउ गरेर कारबाही गरेको उनले बताए । नेता दाहालले प्रचण्ड नेतृत्वको सरकारबाट जनताले आशा गरिरहेको र भ्रष्टाचारी आतङ्कित भइरहेको बेलामा प्रचण्ड नेतृत्वको सरकार ढालिएको दाबी गरे । 

बेचन झा पक्राउ परेकै कारण कांग्रेस–एमाले डराएर सरकार ढालेको उनको उनको आरोप छ । ‘नक्कली भुटानी शरणार्थी प्रकरणको मुख्य नाइके बेचन झाको गिरफ्तारी विना त्यो प्रकरणलाई तार्किक निश्कर्षमा पुर्याउन सकिँदैन थियो । बेचन झाको गिरफ्तारपछि सरकार ढल्यो । आम जनतालाई आशंका छ । दिउँसो बेचन झाको गिरफ्तारी बेलुका सरकार ढल्ने किन भयो ? बेचन झामार्फत बुढानीलकण्ठ र बालकोटमा पैसा पुर्याइएको थियो भनेर पहिले पक्राउ गरेकाहरुले बयान दिएका छन्,’– उनले भने । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल जानुपर्ने मान्छे अहिले मन्त्रीको झण्डा हल्लाएर बसेको उनले बताए । यसको जवाफ वर्तमान सरकारले दिनुपर्ने उनको माग छ । 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: