पूर्व राजा परिवारसहित ७ गते धनगढी पुग्ने र ८ गते नागरिक अभिनन्दन गरिने

दर्पण दैनिक ६ जेष्ठ २०८०,१२:२८
post

धनगढी । पूर्व राजा ज्ञानेन्द्र शाह धनगढी आउने कार्यक्रम फेरि तय भएको छ । शुक्रवार पत्रकार सम्मेलन गर्दै पूर्व राजाको निर्धारित सुदूरपश्चिम भ्रमण स्थगित भएको जनाएको नागरिक अभिनन्दन मूल समारोह समितिले फेरि पूर्व राजाले सुदूरपश्चिम भ्रमण गर्ने जनाएको छ । पूर्व राजपरिवार ७ गते धनगढी पुग्ने र ८ गते नागरिक अभिनन्दन गरिने आयोजकले जनाएको छ । पूर्व राजाको नागरिक अभिनन्दन ८ गते सोमवार दिउँसो ३ बजे धनगढी रङ्गशाला अर्थात् कभर्ड हलमा हुनेछ ।

शुक्रवार पत्रकार सम्मेलन गर्दै पूर्व राजाको धनगढी आउने कार्यक्रम स्थगित भएको बताइएको थियो ।

यसअघि जेठ ६ गते धनगढी रङ्गशालामा पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रम हुने तय भएको थियो । तर, नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्द र आन्दोलन घोषणा गरेकाले भ्रमण स्थगित भएको थियो । आयोजकले राजपरिवार सडक मार्ग हुँदै आइतवार नै धनगढी पुग्ने र सोमवार नागरिक अभिनन्दन गर्ने तयारी थालेको जनाएको छ ।
 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: